मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ता कमली
२०७५ माघ ११ शुक्रबार ०७:२२:००
Read Time : > 1 मिनेट
प्रदेश

४४ रोपनी जग्गा कीर्ते गरी बिक्री गर्ने चार जना पुर्पक्षका लागि जेल चलान 

Read Time : > 1 मिनेट
शान्ता कमली
२०७५ माघ ११ शुक्रबार ०७:२२:००

लमजुङमा ४४ रोपनी जग्गा कीर्ते गरी बेचविखन गरेको अभियोगमा चार जना जेल चलान भएका छन् । जिल्ला अदालतको आदेशमा उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

जेल जानेमा बेसीशहर नगरपालिका-३ दनाई गाउँमा स्थायी घर भएका ४८ वर्षीय काजीराम दमै, सोही नगरपालिका– ८ अस्पताल टोलमा स्थायी घर भएका बसन्त बराल, सोही नगरपालिका-४ पुरानकोटकी स्थायी बासिन्दा ३७ वर्षीया हरिमाया गुरुङ र सोही नगरपालिका-९ बाख्रेजगतमा स्थायी बसोबास गर्ने मिलन गुरुङ रहेको जिल्ला अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए । उनका अनुसार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

 दुई जना फरार 

सोही मुद्दामा नुवाकोटको साविक सिग्रे गाविस-६ स्थायी घर भएका २६ वर्षीय दीपक तामाङ र काभ्रेको सिपली चिलाउने गाविस-१ स्थायी घर भएका २६ वर्षीय बुद्ध लामा फरार भएको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए । 

ढकालका अनुसार जेल जाने बेसीशहर– ४ पुरानकोटकी हरिमाया गुरुङ जग्गा धनी सोही स्थान निवासी ८१ वर्षीय मनमाया गुरूङकी छोरीकी नातिनी हुन् । उनीहरू ६ जना मिलेर पुरानकोटकै विभिन्न स्थानमा मनमाया गुरूङका नाउँमा रहेको जग्गा कीर्ते गरी विक्री गरेको भेटिएको ढकाल बताए । 

उनीहरूले बेसीशहर नगरपालिका–४ नं वडा कार्यालयको कीर्ते सिफारिस गरी कुल ४४ रोपनी ९ आना ९ पैसा ३ दाम क्षेत्रफलको जग्गा कीर्ते गरी विक्री गरेको पाइएको प्रनाउ ढकालले बताए । उनका अनुसार पछिल्लो पटक ३२ रोपनी जग्गा त्यसरी विक्री गर्दै गर्दा छिमेकले थाहा पाएर सो रोक्ने काम भयो र अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिने काम गरेको थियो । अनुसन्धानका क्रममा ४४ रोपनी जग्गा कीर्ते गरेको भेटिएको ढकालले बताए । 

उनका अनुसार बेसीशहर नगरपाकालिका– ४ का वडाध्यक्ष लालवीरको उजुरीले नेपाल सरकार बादी हुने गरी मुद्दा दायर गरिएको छ । मनमायाका पति र छोरा छैनन्, छोरीहरू पनि सबैको विवाह भइसकेको छ । गाउँमै विवाह गरेर हजुर आमाको समेत रेखदेख गर्दै आएकी हरिमाया गुरुङले किराना पसल समेत सञ्चालन गरेकी थिइन् ।

उनले पसल चलाउन पैसाको अभाव रहेको हजुरआमासँग गुनासो गरेपछि बैँकमा धितो राखेर ऋण लिनका लागि मञ्जुरीनामामा ठूलीआमाले ल्याप्चे लगाई दिनु भएको रहेछ नेपाली काँग्रेस क्षेत्र नं– २ का सभापति रहेका भएका मनमायाका भतिजा बृषराज गुरुङले बताए । उनले भने, ‘उनीहरूले पछिल्लो लटमा विक्री गर्दै गरेको ३२ रोपनी जग्गा विक्री गर्दै गरेको सुइको पाएपछि मालपोत कार्यालयमा रोक्न सफल भइयो । पछि बुझ्न जाँदा त ४४ रोपनी भ्याई सकेका रहेछन् ।’