१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ११ बिहीबार ०६:१४:००
Read Time : < 1 मिनेट
अर्थ

वेस्टर्न युनियनको घरमै रेमिट्यान्स पुर्‍याउने सेवा 

हुलास रेमिट्यान्स र अन्नपूर्ण ट्राभल एन्ड टुर्ससँग सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ११ बिहीबार ०६:१४:००

रेमिट्यान्स भुक्तानी सेवा दिँदै आएको वेस्टर्न युनियनले विदेशबाट आएको रकम घरमै पुर्‍याउने भएको छ । कम्पनीले अन्नपूर्ण ट्राभल एन्ड टुर्स तथा हुलास रेमिट्यान्समार्फत नेपालमा वेस्टर्न युनियन मनी ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने भएको हो । 

एजेन्टहरूको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरूलाई आफ्नो घरबाट बाहिर ननिस्की आफ्ना प्रियजनहरूले पठाएको रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । लकडाउन तथा उडानमा प्रतिबन्ध लागू गरेपछि अन्नपूर्ण ट्राभल एन्ड टुर्स तथा हुलास रेमिट्यान्सले उनीहरूको रकम घरमै पुर्‍याउने भएका हुन् । होम डेलिभरी सुविधा आइतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

वेस्टर्न युनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जिन क्लाउड फराहले भने, ‘हामी र हाम्रा एजेन्टहरूले पैसा जहाँ र जहिले आवश्यक परेका स्थानहरूमा पुर्‍याउने महत्वपूर्ण भूमिका खेल्छौँ । एक उद्देश्यद्वारा सञ्चालित ग्लोबल कम्पनीका रूपमा हाम्रो जनादेश विश्वव्यापी समुदायहरूको सेवा गर्ने हो र यसको अर्थ अनलाइनसँग नजोडिएका समुदायहरूलाई पनि नवीन तरिकाले सेवा गर्नु हो ।’ ग्राहकका घरघरमा पैसा डेलिभर गर्ने नयाँ एजेन्ट सर्भिसको थालनीले नागरिकहरूमा नगदको पहुँच पुर्‍याउने उनको भनाइ छ । 

अन्नपूर्ण ट्राभल एन्ड टुर्सका प्रबन्ध निर्देशक नवराज घिमिरेले भने, ‘हामी जिम्मेवारपूर्वक सेवाका लागि तयार रहेको सुनिश्चित गर्न सकेसम्म सबै सम्भव प्रयास गर्न प्रतिबद्ध छौँ ।’ हुलास रेमिट्यान्सका निर्देशक हेमन्त गोल्छाले परिस्थिति प्रतिकूल र कठिन भए पनि ग्राहकलाई वैकल्पिक समाधानहरू प्रदान गर्न पाउँदा खुसी भएको बताए । उनले भने, ‘हाम्रो घरघरमा मनी ट्रान्सफर डेलिभरी सेवाले नागरिकहरूमा नगदको पहुँच सुनिश्चित गर्छ र बैंक खाता नभएकाहरूसहित व्यापक ग्राहकहरूका लागि वित्तीय सेवा प्रदान गर्छ ।’