मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख १० बुधबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार

बलात्कार अभियोगका फरार अभियुक्त सात महिनापछि पक्राउ

Read Time : < 1 मिनेट
२०७७ बैशाख १० बुधबार १७:१५:००

बालिका बलात्कारको अभियोग लागेका तीन फरार युवा सात महिनापछि पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमारबिक्रम थापाका अनुसार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका २ स्थायी घर भई हाल काभ्रे धुलिखेल बस्ने १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

बालिकालाई बिभिन्न प्रलोभन देखाई बा.५.च ३८४९ नम्वरको बोलेरोमा राखी बनेपा नगरपालिकास्थित गोसाईकुण्ड जंगलनजिक जबरजस्ती करणी गरेको आरोप लागेको थियो । मण्डनदेउपुर नगरपालिका ८ कुन्ताबेशी स्थायी घर भई हाल बनेपानगरपालिका वडा १० थापागाउँ बस्ने १९ वर्षीय सविन गौतम, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ४ स्थायी घर भई हाल बनेपा १० डेरा गरी बस्ने १९ वर्षीय सविन दुलाल र पनौती नगरपालिका ५ सुन्दरबस्ती बस्ने १८ वर्षीय सन्देश थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले प्रयोग गरेको बा ५ च ३८४९ नम्वरको बोलेरो प्रहरीले बरामद गरेको छ ।

बालिका जबरजस्ती करणी अन्र्तगत गत १६ असोजमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला अदालत काभ्रेबाट १७ असोज मै पक्राउ अनुमती लिई खोजतलास गरिरहेकोमा प्रहरीले लुकीछिपी बसी रहेको अवस्थामा उनीहरुकै निवासबाट पक्राउ गरेको जिल्लाप्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।


उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकालाई ललाईफकाई गत १३ असोजमा बलात्कार गरेको आरोमा १६ असोजमा बालिकाको अभिभावकले जाहेरी दर्ता गरेका थिए ।