मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १० बुधबार १६:०२:००
Read Time : < 1 मिनेट
समाचार

तब्लिक जमातीहरूलाई कोरोना परीक्षण गराउन मुस्लिम संघको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १० बुधबार १६:०२:००

मुस्लिम संघ नेपालले तब्लिक जमातीहरूलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल कोरोना भाइरसको र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ ।

जमातीहरूले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो ।

संघका अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तब्लिक अगुवाहरूलाई जुन जिल्लामा भए पनि परीक्षण गराएर कोरोनामुक्त रहेको निश्चित गर्न आग्रह गरे । 

उनले भने, ‘अझै पनि समय छ, नेपालमा रहेका तब्लिकका अगुवा साथीहरू कुनकुन जिल्लामा को कहाँ छन् उनीहरूलाई तत्काल स्थानीय सरकारको सम्पर्कमा गएर र्‍यापिड टेस्ट गराई कोरोना संक्रमण छैन भन्ने प्रमाणपत्र लिएर मात्रै बस्नुहोला भनेर अनुरोध गर्दछु ।’

अध्यक्ष सतारले तब्लिक जमातीहरू संक्रमण फैलाउने समूह नभएको कुरामा सबैलाई विश्वस्त भइदिन आग्रह पनि गरे । 

जमाती समूह प्रवचनमा हिँड्ने र आफ्नो धर्मको प्रशिक्षण गराउने काममा मात्रै लाग्ने भएका कारण बजारहल्लाको पछि नलाग्न उनले सबैमा अनुरोध गरे । 

कुनै पनि संक्रमण जाति र वर्गविशेष भनेर नफैलिने उल्लेख गर्दै उनले सरकारले घोषणा गरेको लकडाउनकाे पालना गर्दै सामाजिक दूरी कायम गर्न सबैमा आग्रह गरे । 

अध्यक्ष सतारले रमदानमा सामूहिक नमाज पढ्ने र रोजा गर्ने प्रचलन रहँदै आएकोमा यस वर्ष एक ठाउँमा भेला भएर गर्नुभन्दा घरमा सामाजिक दूरी कायम गरेर पढ्न आग्रह गरे ।