मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी काठमाडौं
२०७७ बैशाख १० बुधबार १४:१२:००
Read Time : < 1 मिनेट
प्रविधि

भारतीय धनाढ्य अम्बानीको कम्पनीको १० प्रतिशत सेयर फेसबुकले किन्ने

Read Time : < 1 मिनेट
एजेन्सी काठमाडौं
२०७७ बैशाख १० बुधबार १४:१२:००

भारतकै धनाढ्य मुकेश अम्बानीको कम्पनीको करिब १० प्रतिशत सेयर फेसबुकले किन्ने भएको छ । अम्बानीको रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको टेलिकम्युनिकेसन कम्पनी जियोमा फेसबुकले लगानी गर्ने भएको हो । फेसबुकले ४५ हजार करोडभन्दा बढी लगानीमा 'जियो'को ९.९९ प्रतिशत हिस्सा किन्न लागेकाे हो ।

फेसबुकले यसअघि नै भारतमा लगानी गर्ने घोषणा गरेको थियो । जिओमा लगानी गरेसँगै फेसबुक र रिलायन्सले भारतमा अनलाइन किनमेलका क्षेत्रमा सहकार्य गर्ने बताएका छन् ।

भारतमा फेसबुकअन्तर्गतका सामाजिक सञ्जाल ह्वाट्सपलगायतको करोडौँ प्रयोगकर्ता रहेका छन् । यसैमाध्यमबाट भारतमा अनलाइन किनमेल एवं अन्य क्षेत्रमा अब फेसबुकले पनि व्यवसाय अघि बढाउने देखिन्छ ।

फेसबुकले सेयर लिए पनि कम्पनीको सम्पूर्ण स्वामित्व रिलायन्सअन्तर्गत नै रहने छ । फेसबुकले सेयर किनेसँगै जिओको बजारमूल्य ४६ खर्ब भारतीय रुपैयाँ बढी पुगेको छ ।