१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ बैशाख १० बुधबार १२:२५:००
Read Time : < 1 मिनेट
समाचार

दुई दिनदेखि ओखलढुंगामा विद्युत् अवरुद्ध

Read Time : < 1 मिनेट
२०७७ बैशाख १० बुधबार १२:२५:००

दुई दिनदेखि ओखलढुंगामा विद्युत् अवरुद्ध छ । लगातारको पानीसँगै चलेको हावाहुरीले बिजुलीको तार र पोलमा क्षति पुगेपछि मंगलबारदेखि जिल्लामा विद्युत् अवरुद्ध भएको हो । 

केन्द्रीय विद्युत् प्रसारणलाइनको खोटाङ–ओखलढुंगा जोड्ने बुइपा रबुवा आसपासमा विद्युत् लाइनमा समस्या आएकाले सेवा बन्द भएको विद्युत् प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका प्रमुख सञ्जीव साहले जानकारी दिए ।

विद्युतको लाइन अवरुद्ध भएको क्षेत्रमा प्राविधिकहरू खटाएर समस्या समाधानको प्रयास भइरहेको उनले बताए । विद्युत् अवरुद्ध हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । 

लकडाउनको समयमा घरैभित्रै बसेर इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, रेडियो सुन्न र ग्यास बचत गर्न विद्युतीय चुलाे प्रयोग गर्न नपाएको स्थानीयहरूले गुनासाे गरेका छन् । सिद्धिचरण नगरपालिका– ११ का निश्चल राजभण्डारीले बिजुली नहुँदा दैनिकी कष्टकर बनेको बताए । 

‘बत्ती हुँदा बोर हुँदैनथ्यो, दिउँसो पनि बाहिर निस्कने कुरा भएन, राति पूरै अन्धकार, साह्रै कष्ट पो भयो,’ उनले भने । बिजुली नहुँदा जिल्लाभित्र सञ्चालनमा रहेको सञ्चारमाध्यम पनि प्रभावित भएका छन् ।