मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १० बुधबार ०६:४०:००
Read Time : < 1 मिनेट
अर्थ

एभरेष्ट बैंकद्वारा कोरोना राहत कोषमा सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १० बुधबार ०६:४०:००

एभरेष्ट बैंक लिमिटेडले कोविड १९ (कोरोना) राहत कोषका लागि प्रतिबद्धताअनुरुपको रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो क्षेत्रीय कार्यालयमार्फत सबै  प्रदेशका सरकारहरुलाई ६÷६ रुपैयाँ तथा केन्द्रीय सरकारलाई ६० लाख रुपैयाँ प्रदान गरेको हो । बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्माले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्याललाई सहयोगवापतको रकम हस्तान्तरण गरेका हुन् ।

कोषको रकमबाहेक बैंकले हालको महामारी विरुद्ध लड्न विभिन्न संस्थामार्फत पनि सहयोग गर्दै आइरहेको छ । साथै, बैंकले कोरोना महामारीको सुरुवती चरण देखि नै आफ्ना विभिन्न शाखामा  भ्रमण गर्ने ग्राहकको सुरक्षामा पनि   ध्यान दिँदै आइरहेको जनाएको छ ।  हालसम्म बैंकले ९५ शाखा, ३१ राजस्व संकलन काउन्टर र १०३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।