मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
ध्रुव बीसी 
२०७५ माघ १० बिहीबार २०:१०:००
Read Time : < 1 मिनेट
समाचार

चट्याङ लागेर अछाममा १७ जना घाइते, आठको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
ध्रुव बीसी 
२०७५ माघ १० बिहीबार २०:१०:००

चट्याङ लागेर अछामको पञ्चदेवल बिनायक नगरपालिका, ७ मा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

बुधबार राति परेको चट्याङले गम्भीर घाइते हुनेमा पञ्चदेवल बिनायक नगरपालिका, ७ काटिया गाउँका ३५ वर्षीय धनबहादुर रावल, ३५ वर्षिया रामकला रावल, १६ वर्षीया बसु कामी, ४० वर्षीया जयसरादेवी कामी, ४० वर्षीया धर्मादेवी रावल, १२ वर्षीया धिर्गा रावल, ७९ वर्षीय दिर्केश रावल र २२ वर्षीया भावना सुनार रहेका छन् ।

उनीहरुको स्थानीय हेल्थ पोष्टमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकरी दिए । घटनामा सामान्य घाइते भएका ४५ वर्षीय टेकबहादुर बटाला, १८ वर्षीया सिर्जना बटाला, १९ वर्षीया धिर्जा बटाला, २५ वर्षीया भावना बटाला, २२ वर्षीया मनसरा कामी, २१ वर्षीया कमला कामी, १३ वर्षीय दिपु कामी र ५० वर्षीया मनादेवी कामी सामान्य उपचारपछि घर फर्किएका छन् ।

चट्याङले एक गाई मरेको छ । प्रहरीका अनुसार घाइतेहरुको टाउको, हातखुट्टा र शरीरमा चोट लगेको छ ।