१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ बैशाख ९ मंगलबार १६:००:००
Read Time : < 1 मिनेट
विश्व

नागरिकलाई सुरक्षित राख्न अमेरिकामा आप्रवासनमा अस्थायी प्रतिबन्ध लगाइने

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ बैशाख ९ मंगलबार १६:००:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कोरोना भाइरसका कारण अमेरिकामा प्रवेश गर्न चाहनेका लागि दिँदै आएको ‘आप्रवासन भिसा’ अस्थायी रूपमा स्थगित गर्ने बताएका छन् ।

अदृश्य शत्रुको आक्रमणबाट अमेरिकी नागरिकलाई बचाउनुपर्ने र उनीहरूको रोजगारी जोगाउनुपर्ने परिस्थिति उत्पन्न भएका कारण अमेरिकामा अध्यागमनलाई अस्थायी रूपमा निलम्बन गर्ने कार्यकारी आदेश जारी गर्ने ट्रम्पले बताए । 

अमेरिकामा भाइरसको प्रकोप फैलिएपछि पछिल्लो चार सातामा दुई करोडभन्दा बढी अमेरिकीहरू बेरोजगार भएको तथ्यांक सार्वजनिक भएको छ । 

ट्रम्पले कार्यकारी आदेशबाट कुन अध्यागमन कार्यक्रममा के असर पर्न सक्छ भन्नेबारे कुनै विवरण भने प्रस्तुत गरेका छैनन् । ह्वाइटहाउसले पनि राष्ट्रपतिको ट्विटमा गरिएको घोषणाबारे विस्तृतमा जानकारी दिन अस्वीकार गरेको छ । 

गत महिना अमेरिकाले महामारीको कारण आप्रवासीहरू सहितका लागि प्रवेशाज्ञा दिन स्थगन गरिएको जनाएको थियो।

ट्रम्पले कोरोना भाइरसबाट प्रभावित चीन र युरोपेली मुलुकबाट अमेरिकामा हुने यात्रा प्रतिबन्धले यसको फैलावटमा सुस्तता आएको दाबीसमेत गरेका छन् । चीनबाट भने रोजगार भिसावाहक, विद्यार्थी र व्यवसायीहरूलाई अमेरिका यात्रा गर्न छुट दिने बताइएको छ ।

यता, क्यानडा र मेक्सिकोमा अत्यावश्यकबाहेक अन्य आवातजावतमा लगाइएका प्रतिबन्धमा थप अवधि कायम गर्ने भएको छ । 

अमेरिकामा हालसम्म भाइरसबाट सात लाख ५० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ४२ हजारको मृत्यु भइसकेको छ ।