१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ९ मंगलबार ११:४८:००
Read Time : < 1 मिनेट
विश्व

मुम्बईको धारावी बस्ती कोरोना भाइरसको केन्द्र बन्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ९ मंगलबार ११:४८:००

एसियाकै सबैभन्दा अव्यवस्थित र फोहोर मानिने मुम्बईको धारावी बस्तीमा कोरोना भाइरस फैलिएको छ । पछिल्लो तथ्यांकअनुसार त्यहाँ एक सय ६८ जनामा संक्रमण भेटिएको छ भने ११ को मृत्यु भइसकेको छ ।

निकै नै अव्यवस्थित, फोहोर र अधिक जनसंख्या रहेको यस क्षेत्रमा कोरोना भाइरस फैलिए भारतमा ठूलो जोखिम पर्न जाने आकलन गरिएको छ । धारावी करिब २.१ वर्ग किलोमिटरमा फैलिएको छ । यति सानो भूभागमा त्यहाँ सात लाखभन्दा बढी मानिसको बसोवास गर्छन् ।

गरिबहरूको बसोवास रहेको मुम्बईको धरावीबस्ती विश्वकै सबैभन्दा बाक्लो आवादी रहेको क्षेत्र पनि हो । सोमबार मात्रै त्यहाँ ३० नयाँ कोरोना भाइरस संक्रमित फेला परेका हुन् । आइतबार त्यहाँ २० जनामा संक्रमण देखिएको थियो ।

नयाँ संक्रमित ३० जनामध्ये १७ जना ३५ वर्षमुनिका रहेका छन् । एक दुई वर्षीया बालिका र १५ वर्षीय संक्रमितसमेत भेटिएका छन् ।  सोमबार दुईजना मात्रै ६० वर्षमाथिका संक्रमित भेटिएका छन् ।

यो क्षेत्रमा सामाजिक दूरी कायम गर्नकै लागि समेत ठाउँ नभएकाले कोरोना भाइरसको संक्रमण फैलिने ठूलो जोखिम रहेको छ । 

भारतको महाराष्ट्र राज्यभित्र मुम्बई सबैभन्दा बढी कोरोना भाइरस संक्रमित फेला परिरहेको सहर हाे ।

(एजेन्सी)