१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ बैशाख ९ मंगलबार ०६:२६:००
Read Time : > 1 मिनेट
अर्थ

निर्माण सामग्री नहुँदा जलविद्युत् आयोजना अन्योलमा

Read Time : > 1 मिनेट
२०७७ बैशाख ९ मंगलबार ०६:२६:००

लमजुङमा निर्माणाधीन विकासे आयोजनाहरू निर्माण सामग्री नहुँदा अन्योलमा परेका छन् । सरकारले लकडाउन गरेपछि निर्माणाधीन आयोजनाहरू निर्माण सामग्री नहुँदा समस्यामा परेका हुन् । सरकारले निर्माण सामग्री आपूर्तिमा व्यवस्थापन गरेर निर्माण कार्य अघि बढाउन निर्देशन दिए पनि निर्माण सामग्री ढुवानी नहुँदा आयोजनाको काम नभएको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ख जलविद्युत् आयोजनाका सञ्चालक अर्जुन गौतमले बताए । गौतमका अनुसार लकडाउनको सुरुमा आयोजनाको काम ठप्प भएको थियो । 

आयोजनामा काम नहुँदा कार्यरत कामदार बेकामे बस्नुपरेको भन्दै दोर्दी गाउँपालिका र आयोजनाबीच १२ बुँदे समझदारी भएर पुनः काम सञ्चालन गरिएको थियो । आयोजनाले काम सुरु गरे पनि निर्माण सामग्रीको अभाव भएपछि काम गर्न समस्या भएको गौतमको भनाइ छ । निर्माणको अति आवश्यक सिमेन्ट, बालुवा, डन्डीलगायतका सामग्री अभावले काम गर्न समस्या परेको गौतमको भनाइ छ ।

लकडाउनको दोस्रो सातापछि सरकारले ठूला विकास निर्माण कार्य अघि बढाउन आग्रह गरे पनि जलविद्युत् आयोजनाको निर्माण कार्य ढुवानीका कारण समस्यामा परेको प्रवद्र्धकहरू बताउँछन् । दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी एको पनि निर्माण कार्य निर्माण सामग्री नहुँदा अन्योलमा छ ।

निर्माणको अन्तिम चरणमा रहेको आयोजनाले सामाजिक दूरी कायम गरेर आयोजनाको निर्माण कार्य अगाडि बढाए पनि पर्याप्त निर्माण सामग्री नहुँदा समस्या भएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । उनले भने, ‘वैशाखभित्र व्यावसायिक उत्पादन थाल्ने लक्ष्यका साथ काम गरिरहेको आयोजनाको अवधि लम्बिने भयो । आयोजनाको ९८ प्रतिशत काम सकिए पनि ट्रान्समिसन लाइनको काम नहुँदा उत्पादन मिति धकेलिनेछ ।’ उनका अनुसार आयोजनाको काम आंशिक मात्र सुरु भएको छ । 

वस्तीका अनुसार टनेल र ड्यामको काम भए पनि पावरहाउसको काम भएको छैन । यस्तै, दोर्दी खोलामा निर्माणाधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना र १२ मेगावाटको दोर्दी–१ को निर्माण कार्य पनि पर्याप्त निर्माण सामग्री नहुँदा आयोजनाको काम नभएको आयोजनाका सञ्चालकहरू बताउँछन् ।