Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ९ मंगलबार ०६:०१:००
Read Time : < 1 मिनेट
अर्थ

डिसहोम सिनेमाघरमा चलचित्र ‘छिरिङ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ९ मंगलबार ०६:०१:००

डिस मिडिया नेटवर्कद्वारा सञ्चालित डिसहोम सिनेमाघरले  नयाँ वर्ष २०७७ को अवसर पारेर चलचित्र ‘छिरिङ’ प्रदर्शन गरिरहेको छ । डिसहोमले सिनेमाघर च्यानल नम्बर ८८८ मा ५ वैशाखबाट ‘छिरिङ’ प्रदर्शनमा ल्याएको जनाएको छ ।

सिनेमाघरमा ‘छिरिङ’ दैनिक ८ सो प्रदर्शन भइरहेको छ । नेपाली कथानक चलचित्र छिरिङमा निमा रुम्बा, यस कुमार, कामना भुजेललगायत कलाकारको अभियन रहेको छ । च्यानलले प्रतिसो २ सय २५ रुपैयाँ शुल्क तोकेको छ । 

डिसहोमले आफ्ना ग्राहकहरूको मनोरञ्जनलाई विशेष ध्यानमा राखेर विगत ३ वर्षदेखि सिनेमाघर च्यानल नं ८८८ मा सञ्चालन गर्दै आइरहेको छ । डिसहोमबाट फिल्म सञ्चालन गर्न आइभिआर नं. ९८०११९०९९० मा फोन अथवा मोबाइलबाट ३२५०० वा ३२५८० मा साधारण एसएमएस पठाउनुपर्ने बताइएको छ ।