१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गोेपाल ढकाल, मनोविद्, मार्क नेपाल
मञ्जु टेलर काठमाडाैं
२०७७ बैशाख ८ सोमबार १०:५३:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली

अहिले अत्यावश्यक छ प्राथमिक मनोवैज्ञानिक सहयोग : मनोविद् ढकाल

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ बैशाख ८ सोमबार १०:५३:००

कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वभर फैलिएसँगै आममानिसमा संक्रमणको डर पैदा भएसँगै विभिन्न मनोवैज्ञानिक समस्या सिर्जना भएका छन् । संक्रमणका कारण निम्तिएको अनिश्चित भविष्यले मानिसमा नैराश्यता बढ्दै छ । निद्रा नलाग्ने, छटपटी हुने, असुरक्षित महसुस हुनेजस्ता कारणले मानसिक समस्यासमेत देखिन थालेका छन् । बढ्दो संक्रमणका कारण कतिपय देशमा आत्महत्याजस्ता अप्रिय घटनासमेत हुन थालेका छन् । चिन्ता र नैराश्यताले ल्याउने विभिन्न मानसिक समस्या कम गर्न मनोवैज्ञानिक सहयोगको आवश्यक हुन्छ ।

के हो प्राथमिक मनोवैज्ञानिक सहयोग ?

प्राकृतिक विपत्ति, रोगको प्रकोप तथा मानवद्वारा सिर्जित अन्य दुःखद घटनाले समाजमा असहज अवस्था उत्पन्न गराउँछन् । यस्तो असहज अवस्थालाई सामान्य बनाउन भावानात्मक सहयोग अत्यावश्यक हुन्छ । प्रभावित व्यक्ति र परिवार र समुदायलाई दिइने भावनात्मक तथा व्यावहारिक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हो । यस्तो अवस्थामा व्यक्तिको मनोविज्ञान बुझेर साथ, सहयोग र हौसला दिनु जरुरी हुन्छ । विशेष गरी आत्मबल बढाउन सहयोग गर्नुपर्छ । 

कोरोना संक्रमण र लकडाउनका कारण विभिन्न समस्यासँग जुधिरहेका बालबालिका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक, अशक्त, दीर्घरोगी र संक्रमणको उच्च जोखिममा रहेका मानिसलाई मनोवैज्ञानिक सहयोगको आवश्यक हुन्छ । 

विषम परिस्थितिमा मनमा आउने अशान्ति, डर, तनाव, नैराश्यताजस्ता भावनात्मक समस्यालाई कम गर्न र दैनिक जीवनमा आउने व्यवहारजन्य गडबडीलाई व्यवस्थापनगर्न प्राथमिक मनोवैज्ञानिक सहयोगले मद्दत गर्छ । ढाडस दिनु, आत्मबल बढाउनुजस्ता सामान्य कार्यले मानसिक तथा मनोसामाजिक समस्याको जोखिमलाई कम गर्न सक्छ । 

संक्रमण र लकडाउनका कारण विभिन्न समस्यासँग जुधिरहेका व्यक्ति, बालबालिका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक, अशक्त, दीर्घरोगी र संक्तमणको उच्च जोखिममा रहेका मानिसलाई मनोवैज्ञानिक सहयोगको आवश्यक हुन्छ । संक्रमणको समयमा आफ्नो क्षेत्रबाट खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारसमेत संक्रमणको अग्रपंक्तिमा रहेका छन् । उनीहरूका लागि समेत मनोवैज्ञानिक सहयोग तथा हेरचाहको आवश्यकता हुने गर्छ । 

दैनिकी ठप्प हुनु, बढ्दो संक्रमणले तनाव सिर्जना गर्नु, बिस्तारै आर्थिक समस्या निम्तिनु, दैनिक ज्यालादारी गरेर खाने व्यक्तिहरूलाई गाँसबास जुटाउन गाह्रो हुनु, दिनानुदिन संक्रमणको त्रास बढ्नु, कामको चिन्ताजस्ता विषयले अधिकांशको मानसिकता खल्बलिएको छ । दिनचर्या सामान्य बनाउनका लागि सहयोगको खाँचो हुन्छ । व्यक्तिलाई सामान्य अवस्थामा फर्किन मनोवैज्ञानिक सहयोग अत्यावश्यक हुन्छ । कतिपयमा भने जटिलता बढ्दै गएर मानसिक रोग देखापर्ने सम्भावना पनि रहन्छ ।

कोरोनाको कहरले ल्याउन सक्ने मानसिक समस्या 

  • एन्जाइटी (विभिन्न किसिमका डर, चिन्ताजन्य समस्या)
  • डिप्रेसन (दिक्दारीपन तथा आत्महत्याको सोचाइ वा प्रयास)
  • मानसिक आघात (पीडादायक घटनापछि उत्पन्न हुने एक किसिमको मानसिक रोग)
  • प्यानिक अट्याक (विनाकारण एक्कासी उत्पन्न हुने अत्यधिक त्रास)
  • समायोजनमा समस्या (परिस्थितिसँग जुध्न नसकिरहेको अवस्था)
  • अब्सेसिभ कम्पल्सिभ डिसअडर्स (एउटै सोच तथा विचार बारम्बार आइरहने समस्या)
  • कुलत (तनाव कम गर्न जाँड, रक्सी तथा धूम्रपानको प्रयोग गर्न थाल्नु)
  • कन्भर्जन डिसअर्डर (डर, त्रास, तनावका कारणले देखिने मानसिक समस्या)
  • एक्युट स्टे«स डिसअर्डर (तत्कालै देखापर्ने मानसिक समस्या)

कसरी गर्ने सहयोग ?

  • सामान्य प्राथमिक परामर्श दिन मनोविद् वा चिकित्सक नै चाहिन्छ भन्ने छैन । सामान्यतया, आफू र अरूलाई हानि नहुने गरी अर्को व्यक्तिलाई मनोवैज्ञानिक सहयोग गर्न सकिन्छ । परिवार र समाजमा गर्ने हाम्रो सकारात्मक व्यवहारले मात्रै पनि व्यक्तिलाई आत्मबल दिइरहेको हुन्छ । 
  • कोरोना संक्रमण र यसबाट बच्ने उपायबारे आधिकारिक सूचना तथा जानकारी मात्रै हेर्न वा सुन्न लगाउने । कोरोनाबारे अनावश्यक डर, त्रास नदेखाउने, सुरक्षाको प्रत्याभूति गराउने । 
  •  दैनिक आधारभूत आवश्यकता परिपूर्तिका लागि सहयोग गर्ने । अरूको कुरा सुन्ने, भावनाको कदर गर्ने, सम्पर्कमा रहने, नआत्तिन सुझाब दिने ।
  • संक्रमणको आशंका गरिएका, क्वारेन्टाइन वा आइसोलेसनमा बसेका व्यक्तिलाई माया तथा सद्भाव देखाउने । उनीहरूको आत्मबल बढाउने कुरा गर्ने ।
  •  परिवारबाट टाढा रहेका व्यक्तिलाई घरपरिवारसँग सम्पर्क गर्ने कार्यमा सहयोग गर्ने, सामाजिक दूरी राख्ने र दैनिक जीवनलाई सहज बनाउन मद्दत गर्ने ।
  • विषम परिस्थितिमा व्यक्तिले देखाउन सक्ने नकारात्मक व्यवहारलाई ख्याल गरेर सकारात्मक हुन हौसला दिने ।
  • दीर्घरोगी, नियमित औषधि सेवन गरिरहेका व्यक्तिको हेरचाह गर्ने । चिकित्सकको नियमित सम्पर्कमा रहन सहयोग गर्ने । 
  • घरमै बसेर रुचिअनुसारका काम गर्ने र सकेसम्म व्यस्त रहने । मनोवैज्ञानिक समस्या जटिल हुँदै गएमा मनोचिकित्सक वा मनोविद्सँगको सम्पर्कमा रहने ।