१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामचन्द्र न्यौपाने
२०७५ माघ १० बिहीबार १७:०४:००
Read Time : < 1 मिनेट
समाचार

हिमपातले तीनदिन देखि जुफाल विमानस्थल बन्द

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने
२०७५ माघ १० बिहीबार १७:०४:००

हिमपातका कारण डोल्पाको जुफाल विमानस्थल तीन दिन अवरुद्ध भएको छ । हवाई मैदानमा जमेको बाग्लो हिँउ बिहीबार पनि नपग्लिएपछि विमानस्थल अबरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण जुफालले जानकारी दिएको छ ।

मंगलबार भारी हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भएपनि बुधबार भारी वर्षात जारी रहेका कारण कुनैपनि उडानहुन सकेको थिएन । हिमपातका कारण तीन दिनदेखि नेपालगञ्ज विमानस्थलबाट कुनैपनि उडान नभएको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिए ।

डोल्पाली जनताका लागि जिल्ला बाहिर आवत जावत गर्ने एकमात्र भरपर्दो यातायातको साधनको रुपमा रहेको जुफाल विमानस्थल बन्द  भएपछि दैनिक उपभोग्य सामाग्री समेत ढुवानी हुन सकेको छैन । 

लगातारको हिमपातका कारण चिसो बडेकाले डोल्पाली जनताको जनजीबन कष्टकर बन्दै भएको छ ।