१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ८ सोमबार ०९:०१:००
Read Time : > 1 मिनेट
अर्थ

अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध जेठ १८ सम्म लम्बिन सक्ने, आन्तरिक उडानको अनिश्चित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ८ सोमबार ०९:०१:००

कोभिड–१९ नामक कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै अन्तर्राष्ट्रिय उडानमा लाग्दै आएको प्रतिबन्ध आगामी  जेठ १८ सम्म लम्बिने भएको छ । सरकारी अधिकारीहरूले जेठ १९ यता अन्तर्राष्ट्रिय उडानमा लाग्दै आएको प्रतिबन्ध नखोल्ने सहमति गरेका छन् । निर्णय भने भइसकेको छैन । गत चैत १० देखि अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिबन्ध आइतबार २७ दिन पूरा भएको छ । पटक–पटक समय थप्दै आगामी वैशाख १८ सम्म पु-याइएको छ । 

‘अन्तर्राष्ट्रियमा लागेको प्रतिबन्ध वैशाख १८ मा त खुल्दैन,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले भन्यो, ‘तर, जेठ १५ पछि खुलाउने कि नखुलाउने भन्ने विषयमा छलफल केन्द्रित भएको छ ।’ 

यतिवेला विदेशमा रहेका नेपाली ल्याउनसमेत सरकारलाई दबाब परिरहेका वेला धेरैको चासो अन्तर्राष्ट्रिय उडान वैशाख १८ पछि खुल्छ कि खुल्दैन भन्नेमा छ । भारतलगायत खाडी मुलुकमा समेत संक्रमण फैलिरहेको अवस्थामा नेपालमा वैशाख १८ मा अन्तर्राष्ट्रिय उडान खुला हुने सम्भावना नरहेको सरकारी अधिकारीहरूले बताएका छन् । 

कहिलेसम्म बन्द गर्ने भन्ने विषयमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजक रहेको उच्चस्तरीय समितिको बैठकले निर्णय गर्नेछ । ‘अन्तर्राष्ट्रियमा लागेको प्रतिबन्ध वैशाख १८ मा त खुल्दैन,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले भन्यो, ‘तर, जेठ १५ पछि खुलाउने कि नखुलाउने भन्ने विषयमा छलफल केन्द्रित भएको छ ।’ 

नेपालमा संक्रमणको स्थिति नियन्त्रणमा आउन सक्ने र स्वास्थ्य मन्त्रालयले सकारात्मक भनेर अनुमति दिएका चीनलगायत केही मुलुकमा भने जेठ १९ पछि प्रतिबन्ध खुला गर्ने तयारी छ । उच्चस्तरीय समितिले वैशाख १८ सम्मको उडान बन्दलाई जेठ ३ सम्म पुर्‍याउने र पुनः प्रतिबन्ध थप गरेर जेठ १९ सम्म पु-याउने योजना छ । 

अन्तर्राष्ट्रिय उडान फुकुवा गर्नेबित्तिकै खाडीका एयरलाइन्सले नेपालमा धमाधम उडान गर्ने भएकाले पनि नेपालले अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिबन्ध फुकुवा गर्न लम्ब्याउने निष्कर्ष निकालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल पनि वैशाख १८ मै खुल्ने सम्भावना नरहेको बताउँछन् । पोखरेलले भने, ‘वैशाख १८ मा त खुल्दैन, तर कतिसम्म जान्छ प्रतिबन्ध भन्ने निर्णय उच्चस्तरीय समितिले गर्छ ।’ 

प्रतिबन्धपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिकबाहेक सबै उडान बन्द छन् । प्रतिबन्धपछि नै नेपालबाट ४ हजार ५ सयभन्दा बढी विदेशी आफ्नो देश फर्किएका छन् । युरोप, अमेरिका, बेलायत, कोरिया, बंगलादेश, भुटान, दक्षिण कोरिया, चीन र जापानले समेत आफ्ना नागरिक लैजान चार्टर्ड उडान गरिसकेको छ ।

प्रतिबन्धपछि नेपालमा उडान गरिरहेका २८ वटा वायुसेवा कम्पनीका १ सय १० वटाभन्दा बढी उडानहरू प्रभावित हुँदै आएका छन् । नेपालले विदेशी वायुसेवालाई खाली आएर नेपालबाट यात्रु लैजान दिएको छ । प्राधिकरणले विदेशी वायुसेवाको उडान नहुने भए पनि आकस्मिक सेवाका लागि कर्मचारी भने खटाइरहनुपर्ने भएकाले दुई सिफ्ट गर्ने व्यवस्था गरिएको छ ।