मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ८ सोमबार ०८:२४:००
Read Time : < 1 मिनेट
समाचार

सुरक्षित भएर काम गर्न महासंघको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ८ सोमबार ०८:२४:००

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरूलाई सुरक्षित भएर काम गर्न आग्रह गरेका छन् । उनले कोरोना महामारीका वेलासमेत फिल्डमा खटिने पत्रकारको प्रशंसा गर्दै स्वास्थ्य सुरक्षाका सामग्री नपाएका फिल्डमा खटिने सबै क्रियाशील पत्रकारलाई महासंघले त्यस्ता सामग्री उपलब्ध गराउने बताए । 

नेपाल परिवार दलले उपलब्ध गराएको सुरक्षा सामग्री लिँदै अध्यक्ष आचार्यले फिल्डमा खटिने पत्रकारका लागि सुरक्षा कवच उपलब्ध गराएकोमा धन्यवाद दिए । उनले सुरक्षा सामग्री आवश्यक परे महासंघमा सम्पर्क गर्नसमेत आग्रह गरेका छन् ।

नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले महासंघको कार्यालयमै पुगेर दुई हजार थान मास्क हस्तान्तरण गरेका थिए ।