सिटिजन्स बैंकको वार्षिकोत्सव भर्चुअल रूपमा सम्पन्न
‘सिटिजन्स एक्स्ट्रा फिक्स्ड डिपोजिट’ निक्षेप योजना सार्वजनिक
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्थापनाको १३ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको छ । ०६४ वैशाख ७ गते स्थापना भएको बैंकले लकडाउनकै बीच भर्चुअली वार्षिकोत्सव मनाएको हो ।
विगतमा विभिन्न समारोहको आयोजना गरी मनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष विश्वभरि फैलिएको कोरोना भाइरसको जोखिम र लकडाउनका कारण भर्चुअली मनाएको जनाएको छ । १३ वर्षको अवधिमा बैंकद्वारा हासिल विभिन्न उपलब्धि तथा प्रमुख वित्तीय सूचकांक समावेश गरेर तयार पारिएको डिजिटल प्रस्तुति सार्वजनिक गरेको छ ।
बैंकले १३औँ वार्षिकोत्सवको उपलक्ष्यमा ‘सिटिजन्स एक्स्ट्रा फिक्स्ड डिपोजिट’ निक्षेप योजनासमेत सार्वजनिक गरेको छ । ३ महिनादेखि १० वर्षसम्म समयावधि रहेको खाता न्यूनतम १ लाख रुपैयाँ मौज्दातमा खोल्न सकिने बताइएको छ । खातामा ८.२५ प्रतिशत ब्याजदर उपलब्ध हुने बताइएको छ । बैंकले हाल देशभर ९४ शाखा, ९४ एटिएम र १०३ शाखारहित बैंकिङ एकाइबाट आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।