मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ १० बिहीबार १७:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अक्षरशः पालना गर्न पाेखरेलकाे निर्देशन (भिडियाे)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १० बिहीबार १७:०२:००

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अक्षरशः पालना गर्न निर्देशन दिएका छन्। 

कार्यवाहक प्रधानमन्त्री पोखरेलले विपन्न वर्ग, कृषि, उर्जा र पर्यटनको क्षेत्रमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन् । 

बैंक तथा वित्तिय संस्थाहरुले कृषि, पर्यटन र उर्जा क्षेत्रमा राष्ट्र बैंकको निर्देशन मुताविक कर्जा प्रवाह गरे÷नगरेको सरकारले कडा निगरानी राख्ने उनले चेतावनी दिए । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ५४औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै उनले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न बैंकलाई सचेत गराए । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले वडा तहसम्म आफ्नो शाखा खोल्नुपर्ने उनको भनाई छ । उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा बैंक तथा वित्तिय संस्थाहरुले विशेष योगदान दिनुपर्ने आवश्यक्ता पनि औंल्याए । 

उनले बैंक तथा वित्तिय संस्थाहरुलाई युवा शिक्षित रोजगार कार्यक्रममा लगानी गर्न आग्रह गर्दै बैंकहरुले मुनाफामात्रै नहेरी सर्वसाधारणको पहुँचमा बैंकिङ सेवा पुर्‍याउन जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । 

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको ६ महिनाको अवधिसम्ममा एक खर्व ८० अर्व निक्षेप संकलन गर्न सफल भएको छ भने एक खर्व ३१ अरव कर्जा लगानी गरेर एक अर्व ६१ करोड मुनाफा आर्जन गर्न गरेको छ ।