मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ७ आइतबार १३:४०:००
Read Time : < 1 मिनेट
अर्थ

भाटभटेनी सुपर मार्केटमा कारोबार खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ७ आइतबार १३:४०:००

भाटभटेनी सुपरमार्केटमा कारोबार खुला गरिएको छ । सामाजिक दूरी कायम गर्दै कारोबार खुला गरेको भाटभटेनीले जनाएको छ । 

स्वास्थ्य सावधानी अपनाउँदै शुक्रबारबाट काराेबार खुला गरिएको हाे । यसअघि भाटभटेनीले होम डेलिभरीमार्फत सेवा दिँदै आएको थियाे । 

सामाजिक दूरी कायम गर्ने, एकपटकमा स्टोरभित्र १० जनालाई मात्र प्रवेश दिने, ज्वरो नाप्ने र स्यानिटाइजर प्रयोग गरेपछि मात्रै भित्र प्रवेश दिने गरी सावधानी अपनाइएको भाटभटेनीको भनाइ छ । 

राजधानी काठमाडौंभित्र रहेका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुला गरिएको हो ।