हातहतियारसहित पक्राउ परेका व्यक्ति कारागार चलान
नवलपरासीमा हतियारसहित पक्राउ परेका ताराबहादुर विक पुर्पक्षका लागि चितवन कारागार चलान भएका छन् ।
पूर्वीनवलपरासीको हुप्सेकोट गाउँपालिका– २ चपाहाका विकलाई जिल्ला अदालत नवलपुरको आदेशमा पुर्पक्षका लागि चितवन कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
प्रहरीले उनको घरमै रहेको आरनबाट भरुवा बन्दुकएक थान, एयरगन एक थान, अमेरिकन अटो पेस्तोल एक थान, अमेरिकन अटो पेस्तोलको गोली पाँच राउन्ड, एसएलआर राइफलको गोली दुई राउन्ड, ३०३ राइफलको गोली एक राउन्ड, एम १६ राइफलको गोली एक राउन्ड, अन्य हतियारमा प्रयोग हुने गोली दुई राउन्ड, पुरानो कटुवा पेस्तोलको पार्टपुर्जाहरु, भरुवा बन्दुकमा लाग्ने फलामको नाल दुई थान, घोडाचापसमेतका पार्टपुर्जाहरू बरामद गरेको थियो ।