मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुनिल थापा
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ७ आइतबार १०:४५:००
Read Time : < 1 मिनेट
सप्तरंग

टेलिभिजनमा समाचार र  फिल्म हेर्ने दैनिकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख ७ आइतबार १०:४५:००

म ज्ञानी भएर लकडाउनको पूर्ण पालना गरिरहेको छु । लुभुस्थित घरमा बसेर नयाँनयाँ परिकार पकाउन सिकिरहेको छु । टिभीमा साउथ इन्डियन मुभीहरू हेरेको हेर्‍यै छु । अब त मलाई फिल्ममा अभिनय गर्दा फाइट मास्टर पनि चाहिँदैनजस्तो भइसक्यो । घाँटीमा थोरै समस्या आएको र खुट्टाको मसल्स फर्केकाले व्यायाम गर्न छाडेको छु ।

कलाकारका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेकै धैर्य हो । लकडाउनले धैर्य राख्ने ऊर्जा बढाएको छ । पहिले म खुबै पुस्तक पढ्ने मान्छे हुँ । तर, अहिले टेलिभिजनमा समाचार र फिल्म हेर्नमै व्यस्त भएको छु । पछिल्लो समय मैले अभिनय गरेको फिल्म ‘प्रेमगीत–३’ को रिलिज रोकिएको छ । त्यही फिल्म मनाङमा सुटिङ गर्दा खिचिएका तस्बिरहरू अपलोड गरिरहेको छु । लकडाउनमा श्रीमतीलगायत परिवारका सदस्यहरूसँग हरेक दिन पाँच घन्टा तास खेलेर बस्छु म । त्यसको नियमचाहिँ जो हार्छ, उसले लकडाउन सकिएपछि गिफ्ट किन्नुपर्ने भन्ने छ ।

अमेरिकाबाट साथीभाइको कल आइरहन्छ । म अध्यक्ष रहेको एभरेस्ट फिल्म एकेडेमीका मेरा स्टाफहरूलाई कल गरिरहन्छु । निर्देशक र विद्यार्थीहरूलाई नयाँनयाँ कथा सोचेर, सम्झेर लेख्नुस्, अल्छी नगर्नुस् भन्छु । पुरुषहरूले यतिवेला महिलालाई सहयोग गर्न सिकेका छन् । खाना पकाउन, भाँडा माझ्न सघाइरहेका छन् । यो सकारात्मक पाटो हो ।