मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका ललितपुर
२०७७ बैशाख ७ आइतबार ०८:१५:००
Read Time : < 1 मिनेट
समाचार

ललितपुर महानगरले पसल खोल्ने समय तोक्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका ललितपुर
२०७७ बैशाख ७ आइतबार ०८:१५:००

ललितपुर महानगरपालिकाले महानगरभित्रका ठूला स्टोर र साना पसललाई नियम पालना गरेर महानगरले तोकेको समयमा मात्रै खोल्न निर्देशन दिएको छ । ललितपुर महानगरले जारी गरेको विज्ञप्तिमा ठूला स्टोर बिहान १० बजेदेखि साँझ ७ बजेसम्म खोल्न अनुमति दिएको उल्लेख छ । त्यसैगरी स–साना पसल र तरकारी तथा फलफूल पसल बिहान ७ देखि साँझ ७ बजेसम्म खोल्न निर्देशन दिएको जनाइएको छ । 

उपप्रमुख गीता सत्यालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । नगरप्रमुख चिरिबाबु महर्जनको उपस्थितिमा भएको बैठकमा आपूर्ति व्यवस्था र बजार व्यवस्थापनबारे समेत छलफल गरिएको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, ठूला खाद्य स्टोर, उद्योग वाणिज्य संघ ललितपुरका प्रतिनिधिको सहभागिता थियो । 

विज्ञप्तिमा उल्लेख भएअनुसार पसलअगाडि साबुनपानी र ह्यान्ड स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विक्रेताले मास्क र सर्जिकल ग्लोभ्स अनिवार्य लगाउनुपर्ने, मास्क लगाएका ग्राहकलाई दूरी कायम गरेर लाइनमा बस्ने व्यवस्था मिलाउनुपर्ने, मूल्यसूची देखिने गरी राख्नुपर्ने, ग्राहकले सामान छुन र छनोट गर्न नपाउने व्यवस्था गर्नुपर्ने जनाइएको छ ।