मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ४ आइतबार
  • Sunday, 17 January, 2021
ad
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ७ आइतबार ०८:०१:००
अर्थ

‘कोरोनाका कारण सन् १९३० को महामन्दीभन्दा खराब विश्वव्यापी मन्दी’ 

नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ७ आइतबार ०८:०१:००

कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्रलाई सन् १९३० को महामन्दीभन्दा पनि खराब मन्दीमा पु-याएको विश्व बैंक एवं अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले जनाएका छन् । ब्रिटनउड सम्झौताले जन्माएका यी जुम्ल्याहा संस्थाको गत शुक्रबार भिडियो कन्फरेन्समार्फत सम्पन्न संयुक्त अर्धवार्षिक भेलाले यस्तो निष्कर्ष निकालेका हुन् । 

‘यो कोभिड–१९ को महामारीका कडा दुष्प्रभावहरू अहिले विश्वले नै अनुभव गरिरहेको छ, जसका कारण यो संकटबाट गरिब एवं कमजोर मुलुक र नागरिकहरू सबैभन्दा बढी पिसिने देखिन्छ,’ अर्धवार्षिक बैठकमा सम्बोधन गर्दै विश्व बैंक अध्यक्ष डेभिड मालपासले भने, ‘यो महामारीले स्वास्थ्यबाहेक अर्थतन्त्रका सबै क्षेत्रमा व्यापक विश्वव्यापी मन्दी ल्याउने आकलन गरेका छौँ । उत्पादन, लगानी, रोजगारी एवं व्यापार सबै घटेका कारण हामीले यो मन्दी महामन्दीभन्दा पनि निकै कडा र विश्वव्यापी हुने देखेका छौँ ।’ 

‘यो महामारीले स्वास्थ्यबाहेक अर्थतन्त्रका सबै क्षेत्रमा व्यापक विश्वव्यापी मन्दी ल्याउने आकलन गरेका छौँ । उत्पादन, लगानी, रोजगारी एवं व्यापार सबै घटेका कारण हामीले यो मन्दी महामन्दीभन्दा पनि निकै कडा र विश्वव्यापी हुने देखेका छौँ ।’ 

विश्व बैंकले यो चुनौतीको सम्बोधन गर्न तीव्र एवं व्यापक रूपले आर्थिक सहयोग गरिरहेको जनाएको छ । अहिलेसम्म विश्व बैंकले ६४ वटा विकासशील मुलुकमा कोभिड–१९ को रोकथामसम्बन्धी कार्यक्रमका लागि सहयोग गरिसकेको र अप्रिलको अन्तिमसम्ममा सहयोग लिने मुलुकको संख्या एक सय नाघ्ने पनि जनाएको छ । ‘विश्व बंैक आगामी १५ महिनासम्ममा १ खर्ब ६० अर्ब डलरसम्म उपलब्ध गराउन सक्षम हुनेछ । ‘साथै, त्यस अवधिमा इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडिए)ले पनि ५० अर्ब अत्यन्त सहुलियतपूर्ण ऋण प्रदान गर्नेछ,’ मालपासले भनेका छन् । आइडिए गरिब एवं कमजोर मुलुकहरूलाई अनुदान तथा सहुलियतपूर्ण ऋण सहयोग दिने उद्देश्यले विश्व बैंक समूहले स्थापना गरेको वित्तीय संस्था हो । 

त्यसैगरी, अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) विश्वका अर्थतन्त्रहरूलाई उद्धार गर्नुपर्ने मोडमा पुगेको आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना गियोर्गेइभाले बताइन् । उनले भनिन्, ‘विश्वभरका गरिब मुलुकहरू विभिन्न खालका मारमा छन् । उनीहरू भाइरसको महामारीबाट पीडित छन्, अन्य मुलुकको आर्थिक संकुचनको विस्तारित प्रभावबाट पनि उनीहरू नै पीडित भइरहेका छन् ।’ यी दुई महिनामा मात्रै पनि विकासशील मुलुकका उदीयमान बजारबाट १ खर्ब डलर पलायन भइसकेको र त्यो विश्वव्यापी वित्तीय संकटका वेलाको भन्दा निकै नै बढी रहेको पनि उनले बताइन् । ‘सुक्दो रेमिट्यान्सबाट विकासशील मुलुक पीडित छन् । ती मुलुक गिर्दाे वस्तु निर्यात र मूल्यबाट समेत मारमा परेका छन् ।’ 

केही दिनपहिले आइएमएफले यो वर्ष १ सय ७० मुलुकको प्रतिव्यक्ति आय खुम्चिने र विश्वको आर्थिक वृद्धि ३ प्रतिशतले माइनस हुने प्रक्षेपण गरेको थियो । त्यो प्रक्षेपण अत्यन्तै आशावादी रहेको र अवस्था त्योभन्दा खराब हुन सक्ने आशंका आइएमएफको छ । गियोर्गेइभाले भनिन्, ‘अहिले महामारीविद्हरू हामीलाई बृहत् अर्थशास्त्रीय प्रक्षेपणहरू गर्न सघाइरहेका छन्, जुन आइएमएफले इतिहासै नभोगेको अवस्था हो । उनीहरू नै नोबेल कोरोना भाइरस एकदमै अज्ञात छ भनिरहेका छन् । उनीहरू यो भाइरस सन् २०२१ सम्म रहन्छ–रहँदैन भन्न सकिरहेका छैनन् ।’

सरकारहरूले अहिले सकेसम्म धेरै खर्च गर्नुपर्ने भए पनि त्यसको पारदर्शी लेखा राख्नुपर्ने आइएमएफ र विश्व बैंकले बताएका छन् । स्वास्थ्यकर्मीले तयार पारेको प्रोटोकललाई सरकारले सुन्नुपर्ने र लकडाउन खुलाउन हतार गर्न नहुने गियोर्गेइभाको तर्क छ । ‘हामीले सावधानीका साथ अर्थतन्त्रलाई  सुचारु गर्नुपर्छ,’ उनले भनिन् । अहिले विश्वमा बढ्दै गइरहेको ‘महामारी संरक्षणवाद’प्रतिसमेत सचेत गराउँदै यो संकटसँग विश्वभरिका मुलुकले समन्वयात्मक तरिकाले मिलेर लड्नुपर्नेमा जोड दिएकी छिन् ।

छुटाउनुभयो की ?