मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी लण्डन
२०७७ बैशाख ६ शनिबार २०:३६:००
Read Time : < 1 मिनेट
विश्व

बेलायती महारानी एलिजावेथको जन्मदिनमा यस वर्ष सलामी नहुने 

Read Time : < 1 मिनेट
रासस/एएफपी लण्डन
२०७७ बैशाख ६ शनिबार २०:३६:००

कोरोना भाइरस संकटका कारण बेलायती महारानी एलिजावेथ द्वित्तीयलाई जन्मदिनका दिन दिइने परम्परागत सलामीको कार्यक्रम यस वर्ष नहुने भएको छ ।  महारानीको जन्मदिन सामान्य रूपमा मनाइने बकिङघम प्यालेसले शनिबार जनाएको छ । 

२१ अप्रिल मंगलबार महारानी एलिजावेथ ९४औँ वर्ष  प्रवेश गर्दै छिन् । दरबार स्रोतका अनुसार महारानीको जन्मोत्सवका दिन बन्दुक पड्काएर सलामी दिइने छैन । महारानीले अहिलेको विषम परिस्थितिका कारण बन्दुकको सलामी र अन्य कुनै  विशेष कार्यक्रम नगर्न इच्छा प्रकट गरेकाले यस वर्ष जन्मदिन सामान्य रूपमा मनाइन लागेको हो । 

राष्ट्रका नाममा यदाकदा मात्र सम्बोधन गर्ने महारानीले इशाईहरूको धार्मिक पर्व इस्टरमा गरेको सम्बोधनमा कोरोना भाइरस सङ्क्रमणको समस्याबाट छिट्टै मुक्त हुने विश्वास व्यक्त गरेकी थिइन् । 

कोरोना भाइरसको विश्वव्यापी प्रकोपका कारण शनिबारसम्म विश्वमा एक लाख ५५ हजार एक सय ९० जनाकाे मृत्यु भइसकेको छ भने २२ लाख ६९ हजार १४३ व्यक्ति सङ्क्रमित भएका छन् । चीनबाट सुरु भएकाे यो भाइरसले शनिबारसम्म अमेरिकामा सबैभन्दा बढी सङ्क्रमित र मृत्यु भएकाे छ । सङ्क्रमणका कारण बढी प्रभावित हुने अन्य मुलुकहरूमा स्पेन, इटली, फ्रान्स, जर्मनी र बेलायत अग्रस्थानमा पर्छन् ।

मृत्यु र सङ्क्रमणका हिसाबले बेलायत छैटाैँ स्थानमा छ । सङ्क्रमितको सङ्ख्या रोक्ने उपायका रूपमा बेलायत सरकारले गत महिनादेखि लकडाउन आदेश जारी गरेको छ । सङ्क्रमण दर नियन्त्रणमा नआएपछि यसै साता सरकारले लकडाउनको अवधि थप तीन हप्ता बढाएको छ । बेलायतमा कोरोना भाइरस सङ्क्रमणबाट शनिबारसम्ममा मृत्यु हुनेको सङ्ख्या १४ हजार पाँच सय ७६ पुगेको छ भने एक लाख आठ हजार ६ सय ९२ व्यक्ति सङ्क्रमित छन् ।