Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका सुर्खेत
२०७७ बैशाख ६ शनिबार १४:०८:००
Read Time : < 1 मिनेट
अर्थ

असिनापानीले कालिकोटमा गहुँसहित हिउँदे बाली नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका सुर्खेत
२०७७ बैशाख ६ शनिबार १४:०८:००

शनिबार बिहान परेको हावाहुरीसहितको असिनापानीले कालिकोटको नरहरिनाथ गाउँपालिकामा गहुँबालीसहित लगाइएको बाली नष्ट गरेको छ । 

हावाहुरीसँगै आएको असिनापानीले तरकारी, फलफूल तथा हिउँदे गहुँबालीमा ठूलो क्षति पुगेको स्थानीयले जनाएका छन् । 

हावाहुरी र असिनापानीले पाक्न लागेको गहुँ नष्ट गरेको नरहरिनाथ गाउँपालिका–९ लालुका चिन्तन नेपालीले बताए । 

‘बिहान एक्कासि हावाहुरीसहित असिनापानी पऱ्याे,’ उनले भने, ‘गहुँबाली पूर्ण रूपमा नष्ट बनाएको छ ।’

हावाहुरी र असिना पानीले भित्र्याउने वेला भएको गहुँबाली, तरकारीलगायतका दलहन बालीमा समेत क्षति पुगेको नरहरिनाथ गाउँपालिका– ९ लालुका प्रदीप बोहराले बताए । 

किसानले पाकेर ठिक्क परेको गहुँ भित्र्याउने क्रममा रहेको र यही वेला गहुँ असिनाले नोक्सान पार्दा उनीहरू ठूलो मर्कामा परेको स्थानीय सामाजिक कार्यकर्ता वीरेन्द्र बुढाले बताए ।