Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल फोटो
हेमन्त केसी जाजरकोट
२०७७ बैशाख ५ शुक्रबार ११:२५:००
Read Time : > 1 मिनेट
अर्थ

रोकियो यार्सा संकलनको यात्रा, यार्सा संकलकहरू कृषि कार्यमा व्यस्त

Read Time : > 1 मिनेट
२०७७ बैशाख ५ शुक्रबार ११:२५:००

अघिल्लो वर्ष बारेकोट गाउँपालिका– ५ का प्रेम शाही यो समयमा बजारमा सामग्री खरिद गर्दै डोल्पा जाने तयारीमा थिए । 

यस वर्ष उनी लकडाउनपछि आफ्नै खेतबारीमा आलु लगाउन व्यस्त छन् । 

विगतका वर्षहरूमा आलु लगाउने काम परिवारका अरू सदस्यकाे जिम्मा छोडेर शाही यात्रामा निस्केका हुन्थे र त्यो यात्रा यार्सा संकलनका लागि हुने गर्थ्याे। 

उनी मात्र होइन, यस वर्ष यार्सा टिप्न जाने सबै रोकिएका छन् र सबै स्थानीय आलु लगाउन व्यस्त देखिन्छन् ।। 

विगतका वर्षहरूमा यार्सागुम्बा संकलनका लागि चाहिने आवश्यक खाद्यान्न, लत्ताकपडालगायतका सामान खरिदका लागि बजार भरिभराउ हुन्थ्यो । तर, यस वर्ष भने लकडाउनपछि बजार सुनसान बनेका छन् । 

यार्सागुम्बा संकलन गर्ने योजना यस वर्ष योजनामा नै सीमित बनेको ओम सिंहले बताए । 

भारतमा कमाइ गरी चैतमा फर्कने यहाँका स्थानीयवासी अर्को कमाइको स्रोतका रूपमा डोल्पा पुगेर यार्सा संकलन गर्नुलाई लिने गर्छन् । 

भारतबाट गर्ने कमाइ र यार्सा संकलनबाट हुने कमाइबाट उनीहरूको जीवनयापन हुँदै आएको छ । 

वैशाखको पहिलो हप्तासम्म सबै आवश्यक सामग्री तयार गरी गाउँका सबै स्थानीयवासी वैशाख १२ गतेसम्ममा डोल्पातर्फको यात्रा थाल्ने गर्छन् । 

सबै गाउँले एकैपटक यार्साका लागि हिँड्ने नभई केही स्थानीय व्यापारीहरू अगाडि नै गएर प्रवेश पासको व्यवस्था मिलाउने गर्थे । 

यस वर्ष यार्सा संकलनका लागि जान नपाउने भएपछि विगतमा यार्सा संकलनमा जानेहरू अहिले धमाधम कृषि कर्ममा व्यस्त भएका छन् । 

जाजरकोट–डोल्पा  सडकखण्डको  बीचमा रहेको भेरी नदीमाथि रहेको झोलुङ्गेपुलमा प्रहरीले नियमित ड्युटी गर्नुका साथै पुलमा जाली राखेर बाटो थुनेको छ ।

सबै विद्यार्थी घरघरमा  
यार्सा संकलनका लागि निम्नमाध्यमिक तह, मावि तह र क्याम्पस पढ्ने प्रायः सबैजसो विद्यार्थी डोल्पातर्फ जाने गर्थे ।

आफ्नो पढाइखर्च जुटाउन विद्यार्थीहरू आ–आफ्ना अभिभावकसँगै त्यसतर्फ जाने गरेकोमा अहिले भने सबै विद्यार्थी आ–आफ्नो घरघरमा रहेका छन् । 

रुकुम पश्चिम आठबिसकोट नगरपालिका बटालागाउँका धनवीर बटालाले विगतका वर्षमा छोराछोरी लिएर यार्सागुम्बा टिप्न जाने गरेकोमा यस वर्ष घरमा नै रहेको बताए । 

उनले आम्दानी नभएपछि घरखर्च चलाउन मुस्किल हुने बताए ।