Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी लन्डन
२०७७ बैशाख ५ शुक्रबार ०७:०५:००
Read Time : < 1 मिनेट
खेलकुद

अन्तर्राष्ट्रिय फुटबल एक वर्ष धकेलिने

Read Time : < 1 मिनेट
एजेन्सी लन्डन
२०७७ बैशाख ५ शुक्रबार ०७:०५:००

कोरोना भाइरस महामारी अझै नियन्त्रणबाहिर देखिँदा सबै खाले अन्तर्राष्ट्रिय प्रतियोगिता एक वर्ष पछि सर्ने सम्भावना देखिएको छ । यसै वर्षका लागि तय भएका केही ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता अर्को वर्षका लागि सार्दा विश्व फुटबल महासंघ (फिफा)ले आफूअन्तर्गत हुने सबै खाले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि एक वर्ष सार्ने तयारी गरेको बुझिएको हो ।

कोरोना भाइरस महामारीकै कारण युरोपियन फुटबल महासंघ (युइएफए)ले आगामी जुन–जुलाईमा हुने तय भएको युरोकप अर्काे वर्षका लागि सारेको छ । कोरोना भाइरस नियन्त्रणमा आएपछि घरेलु प्रतियोगितालाई प्राथमिकता दिने नीतिसहित फिफाले आफूअन्तर्गत यसै वर्ष हुने अन्य कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता अर्को वर्षलाई सार्ने तयारी गरेको हो । 

फिफाका उपाध्यक्ष भिक्टर मोनटाग्लियानीले कोरोना महामारीका कारण यो वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता हुने सम्भावना कम रहेको बताए । मोनटाग्लियानी कोरोना भाइरस महामारी सुरु भएपछिको संकटपूर्ण अवस्थामा आगामी प्रतियोगिताका बारेमा अध्ययन गर्न फिफाले गठन गरेको समितिका संयोजकसमेत हुन् ।

‘यो मेरो व्यक्तिगत विचार हो, स्वास्थ्यका कारणले मात्र होइन, यात्रा प्रतिबन्धका कारण पनि अब यो वर्ष हामीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गराउन सक्ने अवस्था छैन,’ उनले भने, ‘सम्भव नै भए पनि दर्शकविनाका रंगशालामा प्रतिस्पर्धा गराउनुपर्ने हुन्छ । त्यसैले, घरेलु प्रतियोगितालाई प्राथमिकता दिएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा एक वर्षका लागि पछि सार्नु उपयुक्त हुनेछ ।’

उनको सुझाबअनुसार भाइरस महामारीका कारण अहिले रोकिएका घरेलु लिग र अन्य प्रतिस्पर्धा अर्को वर्ष सुचारु गरिनुपर्छ । भाइरस महामारीकै कारण यो समय सकिसक्नुपर्ने युरोपदेखि अन्य धेरै  देशका घरेलु लिग फुटबल रोकिएका छन् ।