मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ बैशाख ४ बिहीबार १७:५७:००
Read Time : < 1 मिनेट
समाचार

कृष्णपुरको सामुदायिक वनबाट बन्दुकसहित सिकारी पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट कञ्चनपुर
२०७७ बैशाख ४ बिहीबार १७:५७:००

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ स्थित नमुना सामुदायिक वनबाट बन्दुकसहित एक सिकारी पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका– ११ कालिकाटोलका मोहनबहादुर साउदलाई इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले बन्दुकसहित गएराति पक्राउ गरेको हो ।

लकडाउनको मौका छोपेर कृष्णपुरको सामुदायिक वनमा सिकार गर्न आएका उनलाई वनमा बन्दुक बोकेर घुमिरहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले जानकारी दिए ।

‘लकडाउनको समयमा शंकास्पद रूपमा घुमिरहेका व्यक्तिलाई हाम्रो टोलीले निगरानी गरेर नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘उनको साथबाट एक थान भरुवा बन्दुक पनि बरामद गरेका छौँ ।’ वन क्षेत्रबाट भरुवा बन्दुकसहित पक्राउ परेका साउदलाई हतियार तथा खरखजनाअन्तर्गत मुद्दा चलाउने कञ्चनपुर प्रहरीले तयारी गरेको छ ।

गत २५ चैतमा पनि कैलालीको गोदावरी नगरपालिका– १० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) चढेको भारतीय नम्बरप्लेटको जिप कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ गुलरिया क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीको उनी चढेको जिपबाट हतियार, विभिन्न बैंकका कार्ड तथा नेपाली कांग्रेसको सदस्यता कार्डसमेत बरामद गरेको थियो ।