मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल
२०७५ माघ १० बिहीबार १०:५५:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश १ सरकारले साताव्यापी योग शिविर गर्ने

Read Time : < 1 मिनेट
गणेश लम्साल
२०७५ माघ १० बिहीबार १०:५५:००

प्रदेश १ सरकारले साताव्यापी योग शिविर आयोजना गर्ने भएको छ । १३ देखि १९ माघसम्म सामाजिक विकास मन्त्रालयले विराटनगरमा बृहद् योग शिविर गर्ने भएको हो । शिविरमा दैनिक ५ हजारलाई सहभागी गराउने सरकारको लक्ष्य छ । 

सबै नागरिकलाई स्वाथ्य र आयुर्वेद उपचारको फाइदाबारे बुझाउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको सामाजिक विकास मन्त्रालय, आयुर्वेद शाखाप्रमुख डा. सरोज विशालले बताए । डा. विशालका अनुसार विराटनगरस्थित विराट नर्सिङ होमपूर्वको मैदानमा योग शिविर आयोजना हुनेछ । शिविरमा बिहान साढे ५ बजेदेखि ७ बजेसम्म आम नागरिकलाई, दिउँसो सवा १ बजेदेखि सवा २ बजेसम्म विद्यार्थीहरूलाई योग र आयुर्वेद उपचारबारे जगत्गुरु कृष्णदासजी महाराज र पतन्जली योगका राष्ट्रिय प्रभारी लवदेव मिश्रले प्रशिक्षण दिनेछन् । 

योग शिविरमा सहभागी हुन चाहनेहरूले पहिले नै नाम दर्ता गराएर टोकन लिनुपर्नेछ । योग शिविरलाई भव्य र सभ्य बनाउन सामाजिक विकास मन्त्रालयले झन्डै चार दर्जन संघसंस्था सहभागी रहेको मूल आयोजक समिति गठन गरेको छ ।  एक हप्तासम्म सञ्चालन हुने योगले आमनागरिकको जीवनशैली र बानी व्यवहारमा परिवर्तन ल्याउने विश्वास समाजिक विकासमन्त्री जीवन घिमिरले व्यक्त गरे । सामाजिक विकास मन्त्रालयले अघि सारेको ‘एक घर पाँच योग, पाँच जडीबुटी, पाँच सकारात्मक व्यवहार’ नारालाई व्यावहारिक रूपमा कार्यान्वयन गराउन योग शिविरले सहयोग पु-याउने विश्वास गरिएको छ ।