मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ बैशाख ४ बिहीबार ०८:३१:००
Read Time : < 1 मिनेट
समाचार

सुरक्षाकर्मी थपेर सीमामा उच्च सुरक्षा

Read Time : < 1 मिनेट
२०७७ बैशाख ४ बिहीबार ०८:३१:००

बारा जिल्लामा रहेको नेपाल–भारतको ६० किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले थप जनशक्तिसहित गस्ती एवं सुरक्षा निगरानी बढाएको छ । 

विभिन्न जिल्लाबाट थप दुई सयजना सशस्त्र प्रहरी बारा आएपछि सुरक्षा सशस्त्र प्रहरी बलले एक व्यक्तिले अर्को व्यक्ति देख्ने गरी दूरी कायम गरी सीमालाई थप कडाइ गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति दिग्विजय सुवेदीले बताए । नेपाली सशस्त्र प्रहरी बलसँगै भारतीय सीमा सुरक्षा बल एसएसबीसँगको सहकार्यमा हाल दुवैतर्फबाट हुने आवतजावत एवं अन्य आपराधिक गतिविधिहरू पूर्ण नियन्त्रणमा रहेको सुवेदीले जानकारी दिए ।

विशेषगरी नेपाली भूभागमा मजदुरी गरी आफ्नो मुलुक फर्किन लागेका भारतीय कामदार रातको समयमा लुकिछिपी खेतको बाटो भारत प्रवेश गर्ने क्रम बढेपछि सशस्त्रले सीमा क्षेत्रमा आई कन्ट्याक्ट हुने गरी २४सै घन्टा सुरक्षाकर्मी तैनाथ गरेको हो । यसका अलावा सशस्त्रले साइकल, मोटरसाइकल र गाडीबाट समेत गस्ती गरिरहेको छ । बस्ती र भूगोल हेरी सशस्त्रले सय मिटरदेखि पाँच सय मिटरसम्मको दूरीमा एक–एकजना सशस्त्र प्रहरी खटाई सीमाबाट हुने आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको हो । 

यद्यपि नेपालमा कार्यरत भारतीय मजदुर तथा भारतमा कार्यरत नेपाली मजदुर लुकिछिपि आ–आफ्नो देश प्रवेश गर्नेलाई नियन्त्रणमा लिई नजिकैको क्वारेन्टाइनमा पठाउने गरेकोसमेत गणपति सुवेदीले बताए । मंगलबारसम्म बारामा एक सय ३० जना क्यारेन्टाइनमा छन् । त्यसमध्ये ११ जना महिला छन् भने बाँकी एक सय १९ पुरुष छन् ।