मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ बैशाख ३ बुधबार २०:०४:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश १ सभाको हिउँदे अधिवेशन सकिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका विराटनगर
२०७७ बैशाख ३ बुधबार २०:०४:००

प्रदेश १ सभाको हिउँदे अधिवेशन बिहीबार सकिँदै छ । बुधबार बसेको प्रदेश सभाको कार्यव्यवस्था समितिको बैठकले कोरोना भाइरस संक्रमण रोकथामका लागि हिउँदे अधिवेशन सक्न परिपत्र गरेपछि प्रदेश सरकारले बुधबार राति १२ बजेदेखि नै सक्ने गरी प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । 

सरकारले सिफारिस गरेपछि अब प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्नेछन् । प्रदेश सभा नियमावली, २०७२ अनुसार संसद् बैठक सञ्चालन भइरहेको अवस्थामा प्रदेश प्रमुखको पत्र सभामुखले पढेर अधिवेशन अन्त्य भएको जानकारी गराउनुपर्छ । तर, हाल कोरोना संक्रमणले गर्दा संसद् बैठक गत ७ चैतदेखि नै अनिश्चितकालका लागि बन्द भएकोले अब अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखको पत्र प्रदेश सभाका सचिवमार्फत सबै सांसद र सचिवालयलाई जानकारी गराउनुपर्नेछ । 

गत ३ माघदेखि सुरु भएको प्रदेश सभाको हिउँदे अधिवेशनमा जम्मा २२ वटा बैठक भएका छन् । जसमा ७ विधेयक दर्ता भएकोमा एउटा विधेयक मात्र पारित भएको छ ।