मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख ३ बुधबार १९:२४:००
Read Time : < 1 मिनेट
समाचार

क्यान्सरपीडित पत्रकारलाई प्रदेश १ सरकारको तीन लाख सहयोग

Read Time : < 1 मिनेट
२०७७ बैशाख ३ बुधबार १९:२४:००

प्रदेश १ सरकारले क्यान्सर रोगको उपचार गराइरहेका पत्रकार कमल पौडेललाई तीन लाख रुपैयाँ उपचार खर्च सहयोग गरेको छ ।

बुधबार बसेको प्रदेश १ सरकार मन्त्रिपरिषद्को बैठकले पत्रकार पौडेललाई उपचारबापत तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

ब्लडक्यान्सरका बिरामी विराटनगरका पत्रकार पौडेलको अहिले काठमाडौंको नर्भिक हस्पिटलमा उपचार भइरहेको छ । उनी विराटनगरको मकालु टेलिभिजनका डेस्क सम्पादक हुन् ।

प्रदेश १ सरकारले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पालाई पनि उपचारका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । शेर्पा लामो समयदेखि सिकिस्त बिरामी छन् ।

यसैगरी प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप गरेको छ । यसअघि उक्त कोषमा १० करोड रुपैयाँ जम्मा गरिएको थियो ।