मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३ बुधबार १४:५१:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा सवारी पास वितरण स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ३ बुधबार १४:५१:००

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बुधबारदेखि मृत्यु संस्कारमा सहभागी हुन मात्र सवारी पास उपलब्ध गराउने भएको छ । कार्यालयले सवारी पासको अत्याधिक माग भएको र यसले भीडभाड हुन गई लकडाउन उलङघन हुने खतरा बढेपछि सूचना जारी गरी आफ्नो परिवारको सदस्यको मृत्यु संस्कारमा सहभागी हुने बाहेक सवारी पास नदिने बताएको हो ।

प्रशासनले लकडाउनमा अत्यावश्यकीय सवारी साधन सञ्चालनका लागि पास वितरण गर्दै आएको थियो ।

गृह मन्त्रालयले मंगलबारदेखि अनलाइनमार्फत ई–पास लिन सक्ने व्यवस्था गरेपछि अत्याधिक माग बढेको र यसले लकडाउनको उलङघन हुनसक्ने भन्दै मृत्यु संस्कारमा सहभागि हुन बाहेकका लागि पास वितरण नगर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेका पास हालका लागि बन्द गरिएको बताए । उनले जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयबाट जारीहुने ई -पास समेत अति आवश्यक बहेकलाई नदिने स्पष्ट पारे ।