१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७५ माघ १० बिहीबार ०९:४१:००
Read Time : < 1 मिनेट
खेलकुद

सेरेनालाई स्तब्ध पार्दै कारोलिना सेमिफाइनलमा

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ माघ १० बिहीबार ०९:४१:००

पूर्वविजेता सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिएकी छिन् । सेरेना चेक रिपब्लिककी कारोलिनासँग ६–४, ४–६ र ७–५ ले स्तब्ध हुँदै अन्तिम आठबाटै घर फर्केकी हुन् । सातौँ वरीयताकी कारोलिना पहिलोपटकको प्रतियोगिताको सेमिफाइनलमा पुगेकी हुन् ।

पहिलो सेटमा पछि परेकी ३७ वर्षीया सेरेनाले दोस्रो सेट जित्दै खेलमा फर्कने प्रयास गरेकी थिइन् । तर, तेस्रो सेटमा उनले ५–१ को अग्रता लिए पनि लगातार चार प्वाइन्ट गुमाउँदा पराजित भइन् । 

यसपटक सेरेना कीर्तिमानी २४औँ ग्रान्डस्लाम जित्ने उद्देश्यका साथ मेलबर्न पार्कमा पुगेकी थिइन् । तर, हातमा रहेको चार म्याच प्वाइन्ट रक्षा गर्न नसक्दा उनी कीर्तिमानबाट टाढिइन् । २६ वर्षकी कारोलिनाले अब फाइनल प्रवेशका लागि जापानकी नाओमी ओसाकासँग प्रतिस्पर्धा गर्नेछिन् ।