Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी पेसावर
२०७७ बैशाख ३ बुधबार ०६:४२:००
Read Time : < 1 मिनेट
खेलकुद

कोरोना भाइरस संक्रमणबाट पाकिस्तानी पूर्वक्रिकेटरको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी पेसावर
२०७७ बैशाख ३ बुधबार ०६:४२:००

कोरोना भाइरस संक्रमणबाट पाकिस्तानका एक पूर्वक्रिकेटरको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट पाकिस्तानको पेसावरमा पूर्वक्रिकेटर जफर सफ्ररजको मृत्यु भएको हो । 

५० वर्षीय जफर पछिल्लो तीन दिनदेखि भेन्टिलेटरमा थिए । उपचारकै क्रममा उनको सोमबार मृत्यु भएको हो । उनले पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय खेल खेलेका छन् । मध्य क्रमका बायाँहाते ब्याट्सम्यान जफरले पेसावरका लागि १५ प्रथम श्रेणीको प्रतियोगिताबाट ६१६ रन बनाएका थिए । यस्तै, उनले पाकिस्तानको राष्ट्रिय टोलीबाट ६ एकदिवसीय खेलसमेत खेलेका छन् । 

सन् १९९४ मा आफ्नो खेलबाट सन्न्यास लिएपछि उनी प्रशिक्षणमा व्यस्त थिए । उनले पेसावरको सिनियर र उमेर समूहको टोलीलाई प्रशिक्षण दिएका थिए । क्षेत्रीय क्रिकेटमा खेलाडी र प्रशिक्षकका रूपमा गतिलो छाप छाडेका जफर अर्का खेलाडी अख्तर सफ्र्रजका दाइ हुन् । उनका भाइ अख्तरले पनि राष्ट्रिय टोलीबाट एकदिवसीय खेल खेलेका छन् ।

अख्तरले सन् १९९७ देखि १९९८ को अवधिमा राष्ट्रिय टोलीबाट चार एकदिवसीय खेल खेलेका छन् । उनको पनि १० महिनाअघि मात्रै पेसावरमै क्यान्सर रोगका कारण मृत्यु भएको थियो । पाकिस्तानमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ । 

पाकिस्तानमा कोरोना भाइरस महामारीबाट झन्डै सयको हाराहारीमा मृत्यु भइसकेको छ । ५५ सयमा संक्रमण देखिएको छ । त्यसमध्ये ७४४ संक्रमण पेसावरमै देखिएको छ । जफर पाकिस्तानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने पहिलो व्यावसायिक क्रिकेटर हुन् ।