मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७७ बैशाख २ मंगलबार १४:५५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

ललितपुरमा एक सय नाैजनामा कोरोना नेगेटिभ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७७ बैशाख २ मंगलबार १४:५५:००

ललितपुरमा ‘र्‍यापिड डाइग्नाेसिस टेस्टमा’ एक सय नाैजनामा कोरोना नेगेटिभ नतिजा आएको छ । ललितपुर महानगर र स्वास्थ्य कार्यालय ललितपुरले संयुक्त रूपमा सञ्चालन गरेको र्‍यापिड डाइग्नाेसिस टेस्टमा कम्तीमा १४ दिनको होम क्वारेन्टाइनमा बसेकाहरूमा  कोरोना नेगेटिभ पाइएको हो । 

महानगरकी ‘र्‍यापिड रेपोन्स टिम’ की फोकल पर्सन देवी गुरुङले भनिन्, ‘आज गरिएको र्‍यापिड डाइग्नाेसिस टेस्ट भएका सबै एक सय नाैजनाकै कोरोना नेगेटिम नतिजा आएको छ ।’ 

बेलायत, अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश, भारत, युएईलगायत मुलुकबाट पछिल्लो एक महिनाभित्र ललितपुर महानगरमा बसेका नागरिकहरूको मंगलबार कोरोेना परीक्षण गरिएको थियो । महानगर– ४ वडा कार्यालयपरिसर जावलाखेलमा ३२ जनाको र लगनखेल बसपार्कमा ७६ जनाको र्‍यापिड टेस्टिङ किटमार्फत  कारोना टेस्ट गरिएको छ ।

 जावलाखेलको टेस्टमा १६ जना महिला र १६ जना पुरुष र लगनखेलमा ४२ जना पुरुष र ३५ जना महिलाको कोरोना परीक्षण भएको हो । जावलाखेलमा मंगलबार वडा नम्बर १, २, ३, ४, १३ र २०  र लगनखेलमा वडा नम्बर ५, ६, ७, ८, ९, १०, ११, १२, १४, १५, १६, १७, १९, २८ र २९  होम क्वारेन्टाइनमा बसेका नागरिकको  काेरोना परीक्षण भएको हो । भोलि बाँकी रहेका वडाहरूका नागरिकहरूको कोरोना परीक्षण हुनेछ ।