मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भैरवबहादुर थापा, नृत्य निर्देशक
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २ मंगलबार १०:१६:००
Read Time : < 1 मिनेट
सप्तरंग

नृत्यको पाठ्यपुस्तक  तयार पार्दै भैरवबहादुर थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७७ बैशाख २ मंगलबार १०:१६:००

क्वारेन्टाइनमा नृत्यकार -

एकान्तवासबाटै मेरो जीवन अगाडि बढेको हो । त्यसैले लकडाउन मेरा लागि त्यति असहज अवस्था होइन । र, यस्तो वेला समय कटाउन पनि खासै गाह्रो लाग्दैन । उमेर बढी भएकाले घरबाट बाहिर निस्केको छैन । यही समयमा नृत्यसम्बन्धी पाठ्यपुस्तक तयार पार्दै छु । स्नातक र स्नातकोत्तरका विद्यार्थीका लागि हुन्, ती पाठ्यपुस्तक ।

घरमा ३–४ वटा अखबार आउँछन् । ती सबैमा देश–विदेशका खबर खोज्दै समय बिताउँछु । छोरा–बुहारी, नाति–नातिनीसहित ६ जनाको परिवार छ । घरमा पनि दुई मिटरजतिको दूरीमा बस्छौँ । टाढा रहेका आफन्तजनसँग टेलिफोनमा कुरा हुन्छ ।

स्याउ, अनार र कागती नियमित खान्छु ।  जडीबुटीको ज्ञान भएकाले पाँच दिनजति पञ्चरस खान्छु । मंगलबार र बुधबार भने नवरस खान्छु । पञ्चरसमा जिरा, ज्वानो, टिमुर, वीरेनुन र कागती पर्छन् । नवरसमा तिनमा मेथी, आलस, हर्रो, बर्रो, अदुवा र बेसार थपिन्छ । बिहान नवरस र दिउँसो पञ्चरस चियाका रूपमा खाँदा विभिन्न रोगबाट बच्न सकिन्छ । यो महामारीले विश्वलाई नै दुःखदायी अवस्थामा पुर्‍याएको छ । त्यसैले सबैलाई आफ्नो विशेष ख्याल राख्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्छु ।