१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ बैशाख १ सोमबार १८:२८:००
Read Time : < 1 मिनेट
समाचार

दिल्लीको मुस्लिम धार्मिक सभाबाट भागेर आएका दुईजना सुस्ताबाट पक्राउ

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ बैशाख १ सोमबार १८:२८:००

भारतको दिल्लीमा भएको निजामुद्धिन तब्लिकी जमातको सभाबाट भागेर सुस्ता हुँदै पैदल नेपाल छिरेका दुईजनालाई नवलपरासीका स्थानीयले समातेर भारतीय प्रहरीलाई बुझाएका छन् ।

भारतबाट हिँडेर सुस्ताको बाटो नेपाल प्रवेश गर्दै गरेका सुनसरी इनरुवा नगरपालिका कपडीका ६५ वर्षीय अब्दुल मियाँ र सलामान मियाँलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीको जिम्मा लगाएको स्थानीय अंगद यादवले जानकारी दिए । उनीहरू सभा सकिएको २१ दिनपछि भारतको महाराजगन्ज करमिसवा हुँदै नेपालको सुस्ताबाट नवलपरासी छिरेको वेला स्थानीयले सोमबार बिहान ६ बजे नियन्त्रणमा लिएका हुन् ।

सुस्ता गाउँपालिका–  ५ का वडाध्यक्ष प्रभुनाथ यादवको टोलीले उनीहरूलाई पक्राउ गरेर भारतीय सुरक्षाकर्मीलाई बुझाइदिएकाे थियाे । उनीहरू नेपाल प्रवेश गरेको जानकारी स्थानीयले दिएलगत्तै टाेलीले  बिहानै नियन्त्रणमा लिएर भारतीय सुरक्षाकर्मीलाई बुझाइदिएकाे हाे । पश्चिम नवलपरासीको नेपाल–भारत खुला सीमाका गोरेटो बाटोहरूबाट अझै पनि नेपाली र भारतीयको आउजाउ जारी रहेको स्थानीय रवीन्द्र यावदले बताए ।

रातको समयमा भारतमा रहेका नेपाली चोरबाटो हुँदै नेपाल प्रवेश गर्ने गरेको भन्दै सीमामा खटिएका सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निगरानी बढाएका छन् । सीमा क्षेत्रमा सशस्त्र प्रहरीकाे गस्ती र चेकिङ पोष्टसमेत थपिएको छ ।