मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत ३० आइतबार १९:४१:००
Read Time : < 1 मिनेट
अर्थ

प्रदेश ५ सरकारको कोरोना कोषमा अर्घाखाँची सिमेन्टको ५१ लाख

Read Time : < 1 मिनेट
२०७६ चैत ३० आइतबार १९:४१:००

अर्घाखाँची सिमेन्ट उद्योग रुपन्देहीले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

उद्योगका सञ्चालकद्वय राजेशकुमार अग्रवाल र गौरव अग्रवालले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई आइतबार चेक हस्तान्तरण गरे । देशलाई विपत् परेको समयमा उद्योगीहरू कसरी हेरेर बस्न सक्छन् भन्दै सञ्चालक राजेशकुमार अग्रवालले प्रदेश सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापन गर्न सहज होस् भनेर उक्त रकम प्रदान गरिएको बताए ।

उद्योगले प्रदेश सरकारबाहेक रुपन्देहीको सियारी गाउँपालिकालाई पनि दुई लाख रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी उद्योगको खानी क्षेत्र पाल्पाको तिनाउ गाउँपालिका र माथागढी गाउँपालिकामा पनि १५ लाख रुपैयाँबराबरको खाद्यान्न राहतस्वरूप वितरण गरिने उद्योगका महाप्रबन्धक उद्धवबहादुर कार्कीले जानकारी दिए ।

यस्तै उद्योगले मजदुरहरूलाई उद्योग सञ्चालन नभएको अवस्थामा खाद्यान्नलगायतका सबै व्यवस्थापन मिलाएको पनि सञ्चालक अग्रवालले जानकारी दिए । मुख्यमन्त्री पोखरेलले सहयोग रकमले प्रदेश सरकारलाई कोरोना रोकथाम गर्नमा ठूलो सहयोग पुग्ने बताए । रुपन्देहीको सियारी गाउँपालिकामा रहेको उद्योगले दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।