१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २९ शनिबार १२:०७:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

गैरआवासीय नेपाली संघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २९ शनिबार १२:०७:००

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले चार हजार टेस्ट किटसहित स्वास्थ्य सामग्री नेपाल सरकारलाई प्रदान गरेको छ । 

एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार संघको दक्षिण कोरिया शाखाले संकलन गरेको चार हजार टेस्ट किट र पाँच सयवटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पिपिई) शुक्रबार प्रदान गरिएको हो । ती सामग्री नेपाल सरकारमार्फत एक हप्ताभित्रमा देशका विभिन्न स्वास्थ्य संस्थामा पुग्ने संघले जनाएकाे छ।

संघले हस्तान्तरण गरेका पिपिईमध्ये सामग्री राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिशूली अस्पताल नुवाकोट, धौलागिरि अञ्चल अस्पताल र पर्वत जिल्ला अस्पतालमा ५० थान पिपिई पठाइने संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । 

संघले प्रदान गरेको एउटा किटबाट १० जनाको परीक्षण गर्न मिल्नेछ । उक्त किटले गरेको परीक्षणको नतिजा तीन घन्टामा आउने संघले जनाएको छ ।

यस्तै गैरआवासीय नेपाली संघ चीनको पहलमा  पाँच सय ५० वटा आईआर थर्माेमिटर, २० हजार वटा पिपिई सेट, १७ हजार चार सय केएन ९५ मास्क, ४७ हजार डिस्पोजेबल मास्क र ४० लाख पन्जा शनिबार काठमाडौं पुग्ने जनाकारी संघका अध्यक्ष पन्तले दिए । 

‘एक नेपाली, एक हेल्थ किट अभियान’अन्तर्गत संकलित रकमबाट कोरोना संक्रमण भए–नभएको चेक गर्ने प्रभावकारी हेल्थ किट किनेर पठाउने निर्णयबमोजिम ती सामग्री पठाएको एनआरएनए कोरियाले जनाएको छ । 

दक्षिण कोरियामा एनआरएनए र स्वतन्त्र अभियन्ताले तीन दिनसम्म सञ्चालन गरेको राहत संकलन अभियानबाट करिब एक करोड ४० लाख नेपाली रकम जम्मा भएको थियो । संघको स्वास्थ्यसम्बन्धी सामग्री खरिद प्रक्रिया संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले संघले थप एक करोडबराबरको सामग्री यसैसाता नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको जनाए । 
 
कोरोना भाइरस संक्रमण भए–नभएको छोटो अवधिमै रिजल्ट दिन सक्ने कोरियन किट नेपाल पठाउन समयमै प्रक्रिया पूरा गरेको भए पनि विमानस्थल अवरुद्ध हुँदा पठाउन केही समय ढिला भएको एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए ।