Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २८ शुक्रबार ०८:०९:००
Read Time : < 1 मिनेट
अर्थ

सनराइज बैंकद्वारा सुदूरपश्चिमका विभिन्न अस्पताललाई पिपिई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २८ शुक्रबार ०८:०९:००

सनराइज बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयले सुदूरपश्चिमका विभिन्न अस्पतालका लागि आवश्यक पिपिई हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत सेती प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेलाई जम्मा २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) हस्तान्तरण गरेको हो ।

बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै बैंकका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख शाहीले कोरोना संक्रमणको उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिई प्रदान गरेको बताए । हालसम्म बैंकले विभिन्न अस्पतालमा ४ सयभन्दा बढी पिपिई उपलब्ध गराइसकेको छ ।