१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
 हदिश खुद्दार  
२०७५ माघ ९ बुधबार १८:५९:००
Read Time : < 1 मिनेट
प्रदेश

जनकपुरमा तरूण दलकाे सरकार विरुद्ध विरोध प्रदर्शन 

Read Time : < 1 मिनेट
 हदिश खुद्दार  
२०७५ माघ ९ बुधबार १८:५९:००

सरकारले जनताकाे भावना विपरित कार्य गरिरहेको भन्दै नेपाल तरुण दलले जनकपुरमा विरोध जुलुस प्रदर्शन गरेको छ । नेपाली काँग्रेसका भातृ संगठन नेपाल तरुण दलले सात प्रदेशमा सरकार विरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत बुधवार प्रदेश २ का अस्थायी राजधानी जनकपुरमा विरोध जुलुस प्रदेर्शन गरिएको हो ।

कांग्रेसकाे धनुषा पार्टी कार्यालयबाट निकालिएको जुलुस बजारको परिक्रमण गर्दै भानु चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले दुई तिहाईका सरकार भएपनि जनताले सरकारको अनुभुति गर्न नपाईरहेको बताए ।