१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७६ चैत २७ बिहीबार १८:४३:००
Read Time : < 1 मिनेट
समाचार

वीरेन्द्रनगरका जनप्रतिनिधिले एक महिनाको घर बहाल उठाउन नपाउने

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७६ चैत २७ बिहीबार १८:४३:००

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा घर भएका सबै जनप्रतिनिधिले चैत महिनाको घरभाडा नलिने निर्णय गरेका छन् ।

नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधिहरूले घरभाडा लिन नपाउने निर्णय गरेसँगै आफ्नो घर बहालमा दिएका सबै जनप्रतिनिधिले चैतको घरभाडा नलिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

बैठकले नगर क्षेत्रभित्र घर बहालमा दिने अन्य घरधनीलाई समेत एक महिनाको भाडा मिनाहा गरिदिन आग्रह गर्ने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘वीरेन्द्रनगर नगरपालिकाका सबै घरधनीलाई घरभाडा छुट दिन आग्रह गरिएको छ,’ उनले भनिन्, ‘जनप्रतिनिधिहरूले झनै लिन पाउने कुरै भएन ।’

वीरेन्द्रनगर नगरपालिकाले नगरबाहिरबाट आएका नागरिक र विद्यार्थीलाई पनि राहत बाँड्ने निर्णय गरेको छ । नगरका गौरवका आयोजनाबाट ८० लाख रुपैयाँ काटेर नगरमा ज्याला मजदुरी गर्ने र विद्यार्थीलाई अत्यावश्यकीय राहत उपलब्ध गराउने उनले बताइन् ।