मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत २७ बिहीबार ११:५७:००
Read Time : < 1 मिनेट
समाचार

गोसाइँकुण्ड गाउँपालिकामा कीटनाशक औषधि छर्कन सुरु

Read Time : < 1 मिनेट
२०७६ चैत २७ बिहीबार ११:५७:००

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा कीटनाशक औषधि छर्किन सुरु गरिएको छ । 

कोरोना भाइरसको संक्रमण रोकथाम गर्न गाउँपालिकाभर कीटनाशक औषधि छर्कन  थालिएको हो  

मंगलबार गाउँपालिका– ५ स्थित स्याफ्रुबेंसी बजार र बुधबार वडा नम्बर ६ स्थित सदरमुकाम धुन्चे बजारमा कीटनाशक औषधि छर्किएको स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताए । 

स्याफ्रुबेंसीमा एक हजार चार सय लिटर र सदरमुकाम धुन्चेमा करिब दुई हजार लिटर किटनाशक औषधि छर्किएको उनले बताए । 

सम्बन्धित वडा कार्यालयमार्फत प्रहरी, नेपाली सेनासँगको साझेदारीमा गाउँपालिकाको ६ वटै वडामा कीटनाशक औषधि छर्कन सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।  

बढी भीडभाड हुने क्षेत्र, अत्यावश्यक सामग्री किनमेल गर्ने पसल, क्वारेन्टाइन, हेल्थ डेक्स, बजार क्षेत्रलगायतका स्थानमा कीटनाशक औषधि छर्किएको घिमिरेले बताए । 

यसअघि कालिका गाउँपालिकाको जिबजिबे क्षेत्रमा स्थानीय युवाहरू परिचालन गरी कीटनाशक औषधि छर्किएको थियो ।