Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका भैरहवा
२०७६ चैत २७ बिहीबार ०९:२८:००
Read Time : < 1 मिनेट
अर्थ

कोरोनाविरुद्ध लड्न लुम्बिनी इँटा उद्योग व्यवसायी संघको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भैरहवा
२०७६ चैत २७ बिहीबार ०९:२८:००

लुम्बिनी इँटा उद्योग व्यवसायी संघ रुपन्देहीले जिल्लाका स्थानीय तहहरूले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेका विपद् प्रकोप व्यवस्थापन कोषमा ५ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ । संघले नगद र चेकमार्फत तथा खाद्यान्न सामग्री गरी ५ लाख ४९ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको संघका महासचिव अजय गुप्ताले बताए ।

संघले प्रदेश–५ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, संघले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५१ हजार, मायादेवी गाउँपालिकामा ८५ हजार, रोहिणीमा ८१ हजार, ओमसतियामा ७५ हजार, कोटहीमाईमा ३५ हजार, सियारी र शुद्धोधनमा ३०–३० हजार सहयोग गरेको संघका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । 

त्यस्तै, संघले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई ५१ हजार १ सय ११ रुपैयाँबराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ ।