समाचार
काठमाडाैंकाे बांगेमुडाबाट लागू औषधसहित चार पक्राउ
Read Time : < 1 मिनेट
२०७५ माघ ९ बुधबार १७:२१:००
काठमाडाैंकाे बांगेमुडाबाट प्रहरीले लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी एक हजार ४५ थान एम्पुल, एक हजार दुई सय २५ ट्याब्लेट र पाँच सय ग्राम चरेशसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा रामेछाप गोकुलगंगा गाउँपालिकाका ३२ वर्षीय अशोक लामा, २१ वर्षीय रमेश थापामगर, सिन्धुपाल्चोक चाकु मार्तिवाङका २८ वर्षीय राकेश श्रेष्ठ र २४ वर्षीय विशाल श्रेष्ठ रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए । उनीहरुको साथबाट १४ हजार रूपैयाँ र १२ वटा मोबाइल सेट पनि बरामद गरिएको प्रहरीले उल्लेख गरिएकाे छ ।