१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २७ बिहीबार ०९:१०:००
Read Time : < 1 मिनेट
अर्थ

कोरोनाविरुद्ध लड्न होन्डाद्वारा अटोमेटिक स्प्रेयर सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २७ बिहीबार ०९:१०:००

नेपालका लागि होन्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले कोरोना महामारीविरुद्धको अभियानलाई सघाउने उद्देश्यले सहयोगको कदम अघि बढाएको छ । सहयोगस्वरूप कम्पनीले विभिन्न स्थानमा औषधि छर्न प्रयोग हुने होन्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर हस्तान्तरण गरेको हो ।

ज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक स्थानहरूमा कीटनाशक औषधि छर्नका निम्ति लाख रुपैयाँबराबरको १० थान अटोमेटिक ब्याकप्याक स्प्रेयर हस्तान्तरण गरेका हुन् । भविष्यमा समेत नेपाल सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता ज्योतिले व्यक्त गरेका छन् ।