मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नरजन तमाङ 
२०७५ माघ ९ बुधबार १६:५४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सात वर्षपछि हुम्लामा भारी हिमपात, स्कीमा रमाए स्थानीय [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नरजन तमाङ 
२०७५ माघ ९ बुधबार १६:५४:००

हिमाली जिल्ला हुम्लामा सात वर्षपछि भारी हिमपात भएको छ । सोमबार राति ३ बजेदेखि परेको हिमपातसँगै दक्षिणी क्षेत्रमा वर्षासमेत भएको छ । 

जिल्लाको सिमकोट चंखेली, सर्केगार्ड, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकालगायतका स्थानहरुमा भारी हिमपात भएको छ भने अदानचुली गाउँपालिका र ताजाकोट गाउँपालिकामा वर्षा भएको छ । 

हिमपातले उत्तरी नाम्खा गाउँपालिकाका अधिकांश बस्तीहरु सम्पर्क विहिन भएपछि जनजीवन कष्टकर भएको छ । 

सात वर्षपछि परेको भारी हिमपात सँगै स्थानीय स्कीमा रमाएका छन् । सदरमुकाम सिमकोटमा पहिलो पटक हिउँमा स्की सुरु गरिएको हो । हुम्ला साँस्कृतिक तथा पर्यटन प्रर्वद्धन युवा सञ्जाल तथा स्कि स्नोबोडिङ्ग फाउण्डेशन नेपालको सहयोगमा पर्यटक प्रर्वद्धनको लागि स्की सुरु गरिएको युवा सञ्जालका अध्यक्ष अविनाश लामाले बताए ।

स्की चिप्लेटीको लागि चार सेट सामान लगेर जर्मनी नागरिक  जुलिएस सैडेनडेरले प्रशिक्षण दिएका छन् । स्की चिप्लेटीको लागि ५ जना युवा सक्रिय रुपमा लागि परेका छन् ।