मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दिलबहादुर चौधरी टीकापुर
२०७६ चैत २६ बुधबार १७:२९:००
Read Time : < 1 मिनेट
समाचार

सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्राउ

Read Time : < 1 मिनेट
दिलबहादुर चौधरी टीकापुर
२०७६ चैत २६ बुधबार १७:२९:००

कैलालीको टीकापुर नगरपालिका– १ को ब्लक नम्बर १० मा कोरोना भाइरस संक्रमित भेटिएको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने एकजना पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै टीकापुर नगरपालिका– २ सीतापुरका ४५ वर्षीय पवन भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भट्टराईले मंगलबार फेसबुकमा ‘भाइरसको संक्रमित टीकापुर नगरपालिका– १ को ब्लक नम्बर १० मा भेटियो’ भन्दै स्टाटस पोस्ट गरेका थिए ।

भट्टराईलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चलान गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । भट्टराईमाथि थप अनुसन्धान गरेर आवश्यक कारबाही हुने उनको भनाइ छ ।