मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बसन्त खतिवडा
२०७५ माघ ९ बुधबार १४:४२:००
Read Time : < 1 मिनेट
समाचार

दुर्घटनामा एकको मृत्यु, एक घाइते

Read Time : < 1 मिनेट
बसन्त खतिवडा
२०७५ माघ ९ बुधबार १४:४२:००

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक घाइते भएका छन् । 

झापाबाट कोइला बोकेर आउँदै गरेको ना८ख १३३८ नम्बरको ट्याक्टरको ट्रलीले ईरिक्सालाई ठक्कर दिँदा कोल्हबी नगरपालिका ८ काटगाँउका दिपक चौधरीको मृत्यु भएको हो । 

ठक्करबाट सोही ठाउँका रिक्सा चालक गणेश चौधरी घाइते भएका छन् । उनको सिमरास्थित अल्पाईन अस्पतालबाट थप उपचार वीरगन्ज लगिएको ईलाका प्रहरी कार्यालय निजगढका बिक्रम लामाले जानकारी दिए । 

ट्रलीको ठक्करबाट घाइते दिपकलाई उपचारका लागि अल्पाईन अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । मृतकको शव अस्पतालमै राखिएको र परिवारलाई खबर गरिएको प्रहरी निरीक्षक लामाले जानकारी दिए ।